लमही चेम्बरको अध्यक्षमा बुढाथोकी निर्बिरोध निर्वाचित : पत्रकार टेकबहादुर प्रेस संयोजकमा नियुक्त



लमही चेम्बरको अध्यक्षमा बुढाथोकी निर्बिरोध निर्वाचित : पत्रकार टेकबहादुर प्रेस संयोजकमा नियुक्त

लमही ७ मंसिर । लमही चेम्बर अफ कमर्सको ७ औँ बार्षिक साधारण सभा तथा चौथो अधिवेशन शनिबार लमहीमा सम्पन्न भएको छ ।  अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।  अध्यक्षमा किरण कुमार बुढाथोकी निर्बिरोध अध्यक्ष चयन भएका छन । वरिष्ठ उपाध्यक्षमा शशी परियार, उपाध्यक्ष प्रमोद बस्नेत, महिला उपाध्यक्ष निरु ज्ञवली, महासचिव नारायण भुषाल, सचिव कमला चुदाली, कोषाध्यक्ष चिरन खनाल र सह–कोषाध्यक्षमा सपना पाण्डे निर्बिरोध निर्बाचित भएका छन् । त्यस्तै सदस्यहरुमा उत्तम बिष्ट, हरिराम चौधरी, निर्मल भुसाल, राजेन्द्र श्रेष्ठ, रोशन खनाल, मोहन केसी, शेषमणी अधिकारी, कृष्ण थापा, रामचन्द्र शर्मा, खेमराज घिमिरे, सरिता भुसाल, विशाल सुनार, जबुल मिया चयन भएका हुन ।  चेम्बर अफ कमर्सका अध्यक्ष सितल भुषालको अध्यक्षता तथा चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका सचिव अजय न्यौपानेको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएकाे हाे ।

उपाध्यक्ष शशी परियारको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा सदस्य नारायण प्रसाद भुषाल तथा वरिष्ठ उपाध्यक्ष किरण कुमार बुढाथोकी लगायतले आ-आफ्नो भनाई राखेका थिए । कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष प्रमोद बस्नेतले प्रस्तुत गरेका थिए । उनले अघिल्लो कार्यकालको आम्दानी–खर्च विवरण, कार्यक्रम खर्च, लगानी तथा संगठनको आर्थिक अवस्थाबारे विस्तृत जानकारी दिँदै आर्थिक पारदर्शिता र अनुशासनलाई चेम्बरले उच्च प्राथमिकतामा राखेको उल्लेख गरे । कार्यक्रमको सहजिकरण गर्दै महासचिव केशब अधिकारीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका सचिब अजय न्यौपानेले नव–निर्वाचित कार्यसमितिलाई बधाई दिँदै संगठनले स्थानीय अर्थतन्त्र सुदृढ पार्न महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले प्रदेश चेम्बरको तर्फबाट आवश्यक सहयोगका लागि प्रतिबद्धता जनाउँदै व्यवसायी हकहितको संरक्षण र व्यवसाय सञ्‍चालनमैत्री वातावरण निर्माणका लागि सबै पक्ष एकताबद्ध हुनुपर्नेमा जोड दिए । सचिब न्यौपानेले चेम्बरले स्थानीय व्यवसायिक वातावरण सुधार, उद्यमशीलताको प्रवर्द्धन तथा व्यापारी हकहित संरक्षणका क्षेत्रमा देखाएको सक्रिय भूमिकाको प्रशंसा गरे । उनले आगामी दिनमा अध्यक्षदेखि साधारण सदस्यसम्म सबैको सामूहिक प्रयासले चेम्बरलाई अझ सक्षम एवं प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा निवर्तमान अध्यक्ष सितल भुषालले पद हस्तान्त्रण गर्दै सहभागी सबैप्रति धन्यवाद ज्ञापन गर्दै आफ्नो कार्यकालमा सहयोग गरेका सबै सदस्य, व्यवसायी तथा सरोकारवालाप्रति कृतज्ञता प्रकट गरे ।चेम्बरको यात्रा, चुनौतिहरू र भविष्यका प्राथमिकताबारे प्रकाश पारे । संगठनले स्थानीय व्यवसायीको समस्या पहिचान तथा समाधानका लागि निरन्तर पहल गर्दै आएको उल्लेख गर्दै अब प्रदेश तथा केन्द्रस्तरीय समन्वय अझ सुदृढ बनाउनुपर्ने धारणा व्यक्त गरे । अधिवेशनले नयाँ नेतृत्व चयनसँगै चेम्बरको आगामी कार्ययोजना, व्यवसाय प्रवर्द्धन र सहकार्य विस्तारमा नयाँ ऊर्जा थपिएको छ । नबनिर्बाचित पदाधिकारीहरुको पद हस्तान्त्रण तथा सपथ कार्यक्रम सकिएको छ । लमही चेम्बरले यसबर्ष लमहीमा ब्यापारिक महोत्सब सञ्चालन गर्नेभनि यसअघि निर्णय गरिसकेको छ ।

लमही चेम्बरको पहिलो बैठक सम्पन्न, दुई सल्लाहकार सहित प्रेस संयोजक नियुक्त

लमही चेम्बर अफ कमर्सको पहिलो बैठक लमहीमा सम्पन्न भएको छ । संस्थाको रातोडाडा स्थित कार्यालयमा बसेको बैठकले विभिन्न ब्यक्तिहरुलाई पदमा रहने गरि नियक्ति गरेको छ । लमही चेम्बरका अध्यक्ष किरण कुमार बुढाथोकीको अध्यक्षतामा सम्पन्न बैठकले दुईजना सल्लाहकार चयन गरेको छ । बिबेक भण्डारी बरिष्ठ सल्लाहकार र बविता खत्रीलाई सल्लाहकारमा चयन गरेको हो ।

यो भन्दा अघि किसन भट्टराई सल्लाहकारमा चयन भईसकेका छन् ।त्यस्तै बैठकले लामो समयदेखी पत्रकारिता गरिरहेका पत्रकार टेकबहादुर पुनलाई संस्थाको प्रेस संयोजकमा नियुक्त गर्ने निर्णय गरेको छ । उनी नेपाल पत्रकार महासंघका जिल्ला सदस्य समेत हुन । त्यस्तै बैठकले ब्यापारिक महोत्सब संचालन गर्ने निर्णय पारित गरेको छ । जसका लागी सर्बदलिय बैठक डाक्ने निर्णय भएको संस्थाका कोषाध्यक्ष चिरन खनालले जानकारी दिए । साथै संस्थाको नियमित बैठक महिनाको पहिलो शुक्रबार बस्ने निर्णय समेत भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे