नेकपाकाे प्रदेश स्तरीयसभालाई सम्बोधन गर्न संयोजक ‘प्रचण्ड’ र सह-संयोजक ‘नेपाल’ लमही आउँदै
देउखुरी ७ मंसिर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपाल मंसिर १३ गते दाङको देउखुरी आउन लागेका छन् । लुम्बिनी प्रदेश स्तरीयसभालाई सम्बोधन गर्न प्रचण्ड, नेपाल सहितका शीर्ष नेताहरू देउखुरीको लमही आउन लाग्नु भएको पार्टीका नेता तथा लुम्बिनी प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री इन्द्रजीत थारुले जानकारी दिए
उहाँका अनुसार मंसिर १३ गते लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीस्थित लमहीको सार्वजनिक बगैँचामा नेपाली कम्युनिस्ट पार्टीद्वारा आयोजना हुने प्रदेश स्तरीयसभालाई सम्बोधन गर्न प्रचण्ड, नेपाल, वर्षमान पुन, भीम रावल र महेन्द्रराय यादव लगायत विभिन्न कम्युनिष्ट घटकका नेताहरू सहभागी हुनु हुने छ । यसैबीच कार्यक्रमको तयारीका लागि शुक्रबार लमहीमा बैठक बसेको छ । बैठकले कार्यक्रम व्यवस्थापनका लागि विभिन्न समिति तथा उप–समिति गठन गरेको छ।

