सामुदायिक वनकाे कार्ययाेजनामा जैविक विविधता र पारिस्थिकीय सेवा सम्बन्धी कार्यशाला सम्पन्न
देउखुरी ७ मंसिर । सामुदायिक वन समूहका अगुवाहरूलाई सामुदायिक वनकाे कार्ययाेजनामा जैविक विविधता र पारिस्थकिय सेवा समावेश बिषयक एक दिने कार्यशाला गाेष्ठी दाङ-देउखुरीकाे लमहीमा सम्पन्न भएकाे छ । नेपाल पंक्षी संरक्षण संघ काठमाडौं र डिभिजन वन कार्यालय देउखुरी लमही दाङकाे संयुक्त आयाेजनामा दाङ-देउखुरी चुरे वन तथा पश्चिम राप्ती सिमसार क्षेत्रमा आप्रबासी चराहरूकाे संरक्षणका लागि सामुदायिक वन समूहकाे कार्ययाेजना जैविक विविधता पारिस्थिकीय सेवा सम्बन्धि गाेष्ठी सम्पन्न भएकाे हाे ।

सामुदायिक वन समूहका अगुवाहरूलाई चरा र जैविक विविधता क्षेत्रको बारेमा जानकारी दिई चरा संरक्षणमा र तिनीहरूको बासस्थान संरक्षणमा लागि सामुदायिक वन समूहहरूले कार्ययाेजनामा समावेशका लागि टेवा पुर्याउने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको संघका परियाेजना अधिकृत भुपाल नेपालीले जानकारी दिए । साे अवसरमा उनले पंक्षी संरक्षण संघ, सञ्चालित परियोजना तथा महत्त्वपूर्ण चरा र जैविक विविधता क्षेत्र संरक्षण को विषयमा विस्तृत रुपमा जानकारी गराएका थिए ।

त्यस्तै सव-डिभिजन वन कार्यालय लमहीका सहायक वन अधिकृत धुब्रप्रसाद थारूले चरा संरक्षणका लागि सामुदायिक वन समूहले बनाउने कार्ययाेजनामा समावेश गर्नुपर्ने, बनेका कार्ययाेजना परिमार्जन गर्ने र कार्य याेजनामा चरा संरक्षणकाे बिषयलाई उच्च प्राथमिकतामा राख्नु पर्ने गरी प्रस्तुतिकरण गरेका थिए । साे अवसरमा सहभागी सामुदायिक वन समूहका पदाधिकारीहरूले अब बनाउने कार्ययाेजनामा उच्च प्राथमिकताका साथ चरा संरक्षणकाे बिषयबस्तुलाई समावेश गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रमकाे सहजीकरण संघका परियाेजन फिल्ड अधिकृत पृथ्वी चाैधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
