राप्तीका दुग्ध व्यवसायीहरु पाेखरामा दुग्ध प्रशोधन तथा विविधिकरण तालिम सिक्दै



राप्तीका दुग्ध व्यवसायीहरु पाेखरामा दुग्ध प्रशोधन तथा विविधिकरण तालिम सिक्दै

दाङ ३ मंसिर । दाङको  राप्ती गाउँपालिकाका दुग्ध व्यवसायीहरु पाेखरा गएर दुग्ध प्रशोधन तथा विविधिकरण तालिम सिक्न थालेका छन् ।

दुग्ध व्यवसायीहरुकाे क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उनीहरुलाई दुग्ध प्रशोधन तथा विविधिकरण तालिम दिन थालिएकाे हाे । राप्ती गाउँपालिकाको आयोजना तथा राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखराको समन्वयमा राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखरामा गत मंसिर १ गते देखि तालिम  सुरु भएको हाे । राष्ट्रिय पशु प्रजनन् कार्यालयका प्रमुख (प्रमुख पशु विकास अधिकृत) डा. जगदिश पाण्डेयको प्रमुख आतिथ्यतामा संचालित कार्यक्रमको उद्घाटन  राप्ती गाउँपालिकाका प्रशासकीय अधिकृत अनिल आचार्य र सहजीकरण राप्ती गाउँपालिकाका सहायक पशु विकास अधिकृत शेरबहादुर हमाल रिजालले गरेका थिए । १० जना दुग्ध व्यवसायी सहभागी रहेकाे उक्त तालिममा वरिष्ठ पशु विकास अधिकृत विश्वनाथ गौतमले तालिमको उद्देश्य र महत्व माथि प्रकाश पार्दै शैद्धान्तिक र प्रयोगात्मक ज्ञानको भरपुर फाईदा लिन व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

मंसिर ६ गने सम्म चल्ने तालिमले दुग्ध व्यवसायीहरुको मनोवल उच्च गराई दुग्ध पदार्थको विविधिकरणको माध्यमबाट राप्ती गाउँपालिका भित्र दुधका परिकारमा वृद्धि तथा गुणस्तर परिकारहरुको बजारिकरणमा सहजता उत्पन्न हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे