आशाका किरण संस्थाद्वारा देउसी भैलोलाई व्यवस्थित बनाउन जिम्मेवारी बाडफाँड



आशाका किरण संस्थाद्वारा देउसी भैलोलाई व्यवस्थित बनाउन जिम्मेवारी बाडफाँड

भालुवाङ ३१ असोज । दाङको राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाले गत वर्ष जस्तै यस वर्ष पनि सञ्चालन गर्न लागेको देउसी भैलो कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न उपसमिति गठन गरेको छ ।

संस्थाका अध्यक्ष दिवस आचार्यको अध्यक्षतामा शुक्रबार भालुवाङमा बसेको कार्यसमितिको तयारी बैठकले जिम्मेवारी बाडफाँड गरेको हो । संस्कृति जगेर्ना गर्दै सामाजिक क्षेत्रमा उठेको रकम खर्च गर्ने गरि माैलिक देउसीभैलो कार्यक्रम सञ्चालन गर्न संस्थाका अध्यक्ष दिवस आचार्यलाई भैलो परिचालन तथा यातायात संयोजकको जिम्मेवारी तोकिएको छ । त्यस्तै साँस्कृतिक उपसमिति संयोजकमा ममता गिरीलाई, आर्थिक उपसमिति संयोजकमा ओमप्रकाश गुप्तालाई, प्राविधिक उपसमिति संयोजकमा लोकमणी भुसाललाई, बाध्यवादन उपसमिति संयोजकमा छविलाल कडेललाई, अनुशासन उपसमिति संयोजकमा थमन रानालाई, कार्तिके दान संकलन उपसमिति संयोजकमा पवित्रा विश्वकर्मालाई र खाजा व्यवस्थापन उपसमिति संयोजकमा सुर्यकिरण केसीलाई जिम्मेवारी तोकिएको छ ।

त्यस्तै बैठकले कार्तिक ३ देखि ८ गते सम्म राप्ती गाउँपालिकाका विभिन्न वडाबाट संकलित रकम सामाजिक क्षेत्रमा खर्च गर्ने निर्णय समेत गरेको छ । बैठकमा मञ्चका महासचिव लोकमणी भुसाल, सचिव पवित्रा विश्वकर्मा, कोषाध्यक्ष ममता गिरी, सह-कोषाध्यक्ष शिवराज भुसाल र सदस्य सिर्जना खड्का, प्रेस संयोजक ओमप्रकाश गुप्ता र साधारण सदस्य सिर्जना थापा लगायतको उपस्थिति रहेको थियो । बैठकको सहजीकरण महासचिव लोकमणी भुसालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे