आशाका किरण संस्थाको तेस्रो अधिवेशनबाट अध्यक्षमा दिवस आचार्य निर्विरोध निर्वाचित



आशाका किरण संस्थाको तेस्रो अधिवेशनबाट अध्यक्षमा दिवस आचार्य निर्विरोध निर्वाचित

भालुवाङ २७ असोज । दाङको राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाको चौथो वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सोमबार राप्ती गाउँपालिका–१ भालुवाङमा सम्पन्न भएको छ ।

अधिवेशनबाट अध्यक्षमा दिवस आचार्य निर्विरोध निर्वाचित भएका छन् । आचार्य यस अघि वरिष्ठ उपाध्यक्ष थिए । यस अघिका अध्यक्ष अशोक बेल्वासे वैदेशिक रोजगारीका शिलशिलामा विदेश गएपछि आचार्यले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । आचार्यको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । जस अनुसार वरिष्ठ उपाध्यक्षमा छविलाल कडेल, उपाध्यक्षमा थमन राना, महासचिवमा लोकमणी भुसाल, सचिवमा पवित्रा विश्वकर्मा, कोषाध्यक्षमा ममता गिरी र सह–कोषाध्यक्षमा शिवराज भुसाल निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा सिर्जना खड्का र स्वस्तिका खनाल पनि निर्विरोध निर्वाचित भएका छन् । नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समितिका संयोजक ओमप्रकाश गुप्ताले प्रमाण–पत्र वितरण गर्नुको साथै सपथग्रहण समेत गराए ।

संस्थाका कार्यवाहक अध्यक्ष दिवस आचार्यको अध्यक्षता एवम् संस्थाकै सल्लाहकार तथा उद्योगपति जगतप्रसाद पोख्रेलको प्रमुख आतिथ्यता एवम् संस्थाका प्रेस संयोजक समेत रहेका नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य ओमप्रकाश गुप्ताको विशिष्ट आतिथ्यतामा भएको सभामा बोल्दै प्रमुख अतिथि पोख्रेलले बाहिर बाहिर गएर सपना देख्ने होइन् अव सपना हाम्रो भित्र पनि छ हामीले यहि केहि गर्न सक्छौ भन्ने भावनाकोे विकास हुन आवश्यक रहेको बताए । उनले मान्छे निरन्तर रुपमा लाग्यो भने र एउटा लक्ष्य लिएर अगाडी बढेमा जस्तो सुकै लक्ष्य पुरा गर्न सकिने भएको हुँदा युवाहरुलाई उहाँले इमान्दारिता, नैतिकता र पारदर्शिता भएमा आर्थिक क्षेत्रको पनि विकास हुने बताए । त्यस्तै प्रमुख अतिथि पोख्रेलले पछिल्लो समय समुदाय भित्र रहेका युवाहरुलाई लागुऔषधबाट टाढा राख्न योजना बनाएर अगाडी बढ्न सुझाव समेत दिए ।

सो अवसर संस्थाका साधारण सदस्यहरु कमल आचार्य, छविलाल कडेल, गणेश न्यौपाने, शिवराज भुसाल, लक्ष्मी पोख्रेल, ममता गिरी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । यसै बीच संस्थाको विकास तथा सञ्चारको क्षेत्रबाट संस्थाको नाम उच्च राख्न महत्वपूर्ण योगदान पु¥याए वाफत संस्थाका प्रेस संयोजक ओमप्रकाश गुप्तालाई संस्थाले सम्मान समेत गरेको छ । सभामा संस्थागत प्रतिवेदन कार्यवाहक अध्यक्ष दिवस आचार्यले प्रस्तुत गरेका थिए । संस्थाकी साधारण सदस्य पवित्रा विश्वकर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन महासचिव लोकमणी भुसालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे