पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ



पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

काठमाण्डाै २६ असाेज । नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई पक्राउ गरेको छ ।

विद्युतीय चुरोट अर्थात् ‘भेप’ मार्फत सुन तस्करी गरेको प्रकरणमा अनुसन्धानका लागि महरालाई आज ललितपुरको खुमलटारमा रहेको निवासबाटै प्रहरीले पक्राउ गरेको हो । चिनियाँ सङ्गठित गिरोहसँग मिलेर सुन तस्करी गरेको अरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महरामाथि अनुसन्धान गरिरहेको छ । २०७९ सालमा भेपमा लुकाएर ल्याएको ९ किलो सुन तस्करीमा महरा संलग्न रहेको आरोप छ । भेपमा लुकाएर सुन तस्करी गराएको आरोपमा महरा २०७९ सालमै अनुसन्धानमा तानिएका थिए । तर सत्ता–शक्ति आडमा उनीमाथि मुद्दा चलेको थिएन । गएको वर्षको चैत ९ गते महरालाई जिल्ला सरकारी वकिलको कार्यालयले स्वास्थ्य अवस्थालाई मध्यनजर गरेर अनुसन्धानका लागि बोलाएका बेला उपस्थित हुने गरी छोराको जिम्मा लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे