आशाका किरण संस्थाकी सदस्य गिरीले आफ्नो २४ औँ जन्मउत्सव निलसागरमा मनाइन्
भालुवाङ २६ असाेज । दाङको राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाकी सदस्य ममता गिरीले आफ्नो २४ औँ जन्मउत्सव रचनात्मक कार्य गरेर मनाएकी छिन् ।
उनले आइतबार दाङकाे राप्ती गाउँपालिका-८, मिलनडाँडा कोहलुवामा रहेको निलसागर सेवा आश्रममा आश्रित सडक मानवहरूलाई फलफूल र जुस वितरण गरेर मनाएकी हुन् । गिरीले आश्रममा सडक आश्रित बुवा आमाहरू दाजुभाइ तथा दिदीबहिनीहरू सँग आशिर्वाद लिनुका साथै आफ्नै हातबाट फलफूल तथा जुस बितरण गरेर जन्मउत्सव मनाएकी छिन् । आशाका किरण संस्थाका कार्यवाहक अध्यक्ष दिवस आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा आचार्यले गिरीलाई जन्म दिनको शुभकामना व्यक्त गर्दै आफ्नाे जन्मदिनमा आश्रममा आएर फलफूल वितरण गर्नु अत्यन्तै पबित्र कार्य भएकाे बताए । उनले गिरीबाट अरूले पनि पाठ सिक्न जरूरी रहेकाे समेत बताए ।

यस्तै कार्यक्रम गिरीले जन्म दिनमा फजुल खर्च गर्नु भन्दा असाहाय बेसाहराहरूलाई सहयोग गर्नु पुण्यको काम हुने बताइन् । गिरीले होटल तथा पाटी प्यालेसमा भोज भतेर गरेर फजुल खर्च नगरि जन्म दिनमा सामाजिक क्षेत्रमा रचनात्मक काम गरेर जन्म दिन मनाउन सुझाव दिइन् । यसै बीच गिरीले पाखापानीमा एक कार्यक्रमको आयोजना गरि संस्थाका आफ्ना सहकर्मीहरू सँग शुभकामना साटासाट समेत गरिन् । सो अवसरमा संस्थाका महासचिव लोकमणी भुसाल, सदस्यहरू सिर्जना खड्का, पवित्रा विश्वकर्मा, शिवराज भुसाल, स्वस्तिका खनाल, सिर्जना थापा, प्रेस संयोजक ओमप्रकाश गुप्ता लगायतले जन्म दिनको शुभकामना व्यक्त गरेका थिए । गिरी आशाका किरण संस्था सँग पब्लिक एजुकेशन एकेडेमीमा अध्यापनरत छिन् । वि.सं. २०५८ साल असाेज २६ गते बुवा ऋषिराम गिरी र आमा छवा गिरीको कोखबाट जन्मिएकी गिरी कान्छी सुपुत्री हुन् ।


