दाङमा विपतको जोखिम नरहेकाले सोमबार देखि सम्पूर्ण कार्यालय खुल्ने
दाङ १९ असोज । जिल्ला प्रशासन कार्यालय दाङले जिल्लामा विपतको जोखिम नरहेकाले भोली सोमबार देखि सम्पूर्ण कार्यालय खुला गर्न आग्रह गरेको छ ।
आज आइतबार साँझ सुचना जारी गर्दै जिल्लाका सरकारी कार्यालय तथा स्थानिय तहहरुलाई निर्वाध रुपमा कार्यालय खोलेर सेवा प्रवाह गर्न भनेको हो । गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले देशमा भइरहेको विपतका कारण दुई दिन सार्वजनिक विदाको घोषणा गरेको थियो । तर बाढी पहिरो जस्ता विपतको जोखिम नरहेको जिल्लामा सेवा सुचारु गर्न जिल्ला प्रशासन कार्यालयलाई सुचना जारी गरेको छ । दाङमा हाल सम्मको अवस्था सामान्य रहेकाले सार्वजनिक सेवाहरु सुचारु गर्न प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले आग्रह गर्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्

