लमही-५ बयलडाँडामा अटो दुर्घटना : गर्भवती महिला सहित ५ जना घाइते



लमही-५ बयलडाँडामा अटो दुर्घटना : गर्भवती महिला सहित ५ जना घाइते

लमही १८ असोज । दाङको देउखुरीमा अटो दुर्घटना हुँदा १ जना गर्भवती महिला सहित ५ जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा राजपुर गाउँपालिका–१ कठबेरुवा निवासी ५० वर्षीय वेदलाल कामी (अटो चालक), गढवा गाउँपालिका–६ का ४५ वर्षीय राजकुमार यादव, उनकी श्रीमती २८ वर्षीया गीता यादव (चार महिनाको गर्भवती), सोही ठाउँका ३४ वर्षीय दधिराम आचार्य र उनका छोरा सिद्धार्थ आचार्य रहेका छन् ।

घाइते सबैजनाको लमही अस्पतालमा उपचार भइरहेको वडा प्रहरी लमहीले जनाएको छ । आइतबार दिउँसो लमहीबाट गढवा तर्फ जाँदै गरेको रा १ ह ६०७० नम्बरको अटो लमही नगरपालिका–५ बयलडाँडामा अनियन्त्रित भएर दुर्घटना भएको हो । चालक कामीका अनुसार कुकुरसंग अटो ठोक्किएर दुर्घटना भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे