नेकपा प्रचण्ड-माधबकाे लुम्बिनी प्रदेश इन्चार्जमा युवराज ज्ञवाली चयन



नेकपा प्रचण्ड-माधबकाे लुम्बिनी  प्रदेश इन्चार्जमा युवराज ज्ञवाली चयन

काठमाडौ २१ पुस ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड(माधव नेपाल पक्षले लुम्बिनी  प्रदेशको इन्चार्ज  शंकर पोखरेललाइ हटाएर  स्थायी समिति सदस्य युवराज ज्ञवालीललाई जिम्मेवारी दिइएको छ ।

सोमबार बसेको प्रचण्ड -नेपाल पक्षको स्थायी समिति बैठकले लुम्बिनी प्रदेशका इन्चार्ज  पोखरेललाई हटाएर  स्थायी समिति सदस्य युवराज ज्ञवालीललाई जिम्मेवारी दिने निर्णय गरेको हो । पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री समेत हुन् । संसद विघटनपछि नेकपा विभाजित हुँदा एक पक्षले अर्को पक्षलाई जिम्मेवारीबाट हटाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे