बजेटमा चरम असन्तुष्टि बढेपछि लुम्बिनी प्रदेशसभा बैठक अनिश्चित



बजेटमा चरम असन्तुष्टि बढेपछि लुम्बिनी प्रदेशसभा बैठक अनिश्चित

दाङ ११ असार । लुम्बिनी प्रदेश सरकारले ल्याएकाे बजेटमा सत्तापक्ष र प्रतिपक्षले चरम असन्तुष्टि जनाएपछि प्रदेशसभा बैठक अनिश्चित बनेकाे छ । यसैबीच लुम्बिनी प्रदेश सभाको आज बिहीबार बिहान ११ बजे बस्ने तय भएको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।

प्रदेश सभा सचिवालयले जारी गरेको सूचना अनुसार सभामुखको निर्देशनमा अर्को सूचना प्रकाशित नभएसम्मका लागि बैठक स्थगित गरिएको हो । लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १२ को उपनियम (३) बमोजिम बैठक स्थगन गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरद्वारा जारी सूचनामा उल्लेख छ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तथा वार्षिक कार्यक्रम (रातो किताब) लाई लिएर सत्ता पक्षकै प्रदेश सभा सदस्यहरू असन्तुष्ट बनेपछि प्रदेश सभामा बजेटमाथिको छलफल प्रभावित हुँदै आएको छ। बजेट पुनर्लेखनको मागसहित सत्ता पक्ष र प्रतिपक्ष दुवैले विरोध जनाइरहेका बेला प्रदेश सभा बैठक पुनः स्थगित भएको हो।

लगातार बैठक प्रभावित भइरहँदा बजेटमाथिको छलफल र पारित प्रक्रिया थप अन्योलमा परेको छ। बैठक कहिले बस्ने भन्नेबारे सचिवालयले अर्को सूचना मार्फत जानकारी गराउने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे