विद्यापीठ विद्यार्थीहरुद्धारा संघर्षका कार्यक्रमहरु सार्वजनिक



विद्यापीठ विद्यार्थीहरुद्धारा संघर्षका कार्यक्रमहरु सार्वजनिक

तुलसीपुर २१ पुस । केन्द्रिय आयुर्वेद विद्यापीठ विद्यार्थी संघर्ष समितिले संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको छ । समितिका अध्यक्ष अभय प्रताप चौवेले मंगलवार एक विज्ञप्ती जारी गदै नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थान केन्द्रिय आयुर्वेद विद्यापीठ बेलझुन्डी दाङले आफना मागहरु पाँँच दिन भित्र सुनवाई नगरे संघर्षका कार्यक्रमहरु गरिने चेतावनी दिएका छन् ।

यहि पौष १६ गते सार्वजनिक गरिएको विज्ञप्तिमा उल्लेख भए बमोजिम संस्थान गम्भिर नभएकोमा सम्पुर्ण विद्यार्थीहरूको गम्भीर ध्यानकर्षण भएको जारी विज्ञप्तीमा उल्लेख छ । विद्यार्थीहरूको प्राविधिक र स्वास्थ्य जस्तो संवेदनशील नभएको , नियमित पठनपाठनमा सहभागी हुनबाट बञ्चित हुदा भविष्य अन्योलमा परेको, विद्यार्थीहरूको समस्यालाई गम्भीरताका साथ नलिएको हुदा तत्काल ती कुराहरु सम्वोधन गर्न माग गरिएको छ ।

जारी विज्ञप्तीमा भनिएको हाम्रो मागहरु सम्बोधन गर्नको लागि आजको मितिदेखि पाँच दिनको समयसीमा दिने कुरा पनि जानकारी गराउँदछौं । यदि हाम्रो उक्त मागलाई समयमा पूरा गर्ने संकेत नदेखिए अर्थात सम्बन्धित पक्षबाट कुनै प्रयास नगरिएको खण्डमा हामी पीडित विद्यार्थीहरूको तर्फबाट संघर्षका कार्यक्रमहरु गर्न बाध्य हुनेछौ ।

संघर्षका कार्यक्रम अन्र्तगत पौष २६ गते कलेज प्रशासनमा धर्ना, २७ गते कालो झण्डा प्रदर्शन, र २८ गते नेपाल संस्कृत विश्वविद्यालय उपकुलपतिको कार्यलय ,नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थान डिनको कार्यलय, नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थान प्रशासनमा तालाबन्दी गरिनेछ । यसबाट उत्पन्न हुने जटिल परिस्थिति जिम्मेवार विद्यार्थीहरूको भविष्यमाथि खेलवाड गर्ने सम्बन्धित पक्षहरुनै जिम्मेवारीता तथा जवाफदेहिता हुने भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे