दुग्ध र उखु किसानका समस्या समाधान गर्छु : कृषि मन्त्री परियार
काठमाण्डाै ६ असाेज । नवनियुक्त कृषि तथा पशुपक्षी विकासमन्त्री डा. मदनप्रसाद परियारले पदभार ग्रहण गरेका छन् । आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै सिंहदरबारमा रहेकाे कार्यालय पुगी उनले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै मन्त्री परियारले नेपाल र कोरियाबीच आलु र धानबालीमा अनुसन्धान गर्न यसअघि भएको सम्झौतालाई कार्यान्वयन गर्न समन्वय समिति गठन गर्ने प्रस्ताव सदर गरेका छन् । पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले चुनावलाई प्राथमिकतामा राखेर कृषि क्षेत्रमा केही फरक काम गर्ने प्रतिबद्धता जनाए । शासकीय सुधार र बेथिति रोक्ने काममा सरकार लागिपर्ने उनको भनाइ छ । मन्त्री परियारले दुग्ध र उखु किसानका समस्याहरू समाधान गर्ने प्रतिबद्धता पनि जनाए ।
प्रतिक्रिया दिनुहोस्

