मन्त्री खरेलको पहिलो निर्णय : प्रमुख १० शहरका सावर्जनिक ठाउँमा निःशुल्क वाईफाई



मन्त्री खरेलको पहिलो निर्णय : प्रमुख १० शहरका सावर्जनिक ठाउँमा निःशुल्क वाईफाई

काठमाण्डाै ६ असाेज । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदभार ग्रहण गरेका छन् । आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै सिंहदरबारमा रहेकाे कार्यालय पुगी उनले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै मन्त्री खरेलले पाँच महिनाभित्र काठमाण्डाैसहित देशका प्रमुख १० शहरका सार्वजनिक ठाउँमा निःशुल्क वाईफाई उपलब्ध गराउने पहिलो निर्णय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे