शहीद परिवारलाई राेजगारी दिन उद्याेगी व्यवसायीलाई मन्त्री सिन्हाकाे आग्रह



शहीद परिवारलाई राेजगारी दिन उद्याेगी व्यवसायीलाई मन्त्री सिन्हाकाे आग्रह

काठमाण्डाै ६ असाेज । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले पदभार ग्रहण गरेका छन् । आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै सिंहदरबारमा रहेकाे कार्यालय पुगी उहाँले पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहणपछि उद्याेगमन्त्री सिन्हाले जेनजी आन्दोलनका क्रममा क्षति भएका भवन निर्माण गर्दा सकेसम्म स्वदेशी सामग्री नै प्रयोग गर्नेसम्बन्धी पहिलो निर्णयमा हस्ताक्षर गरे। उनले केही महँगाे भए पनि पुनर्निर्माण गर्दा स्थानीय उत्पादन नै प्रयोग गर्न प्रोत्साहन गर्ने नीति सरकारको रहेको बताए । उद्योगमन्त्री सिन्हाले जेन–जी आन्दाेलनमा ज्यान गुमाएका शहीद परिवारलाई रोजगारी दिन उद्योगी व्यवसायीहरूलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे