शिक्षामन्त्री पुनकाे पहिलाे निर्णय : ४ वटा सल्लाहकार समिति गठन
काठमाण्डाै ६ असाेज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन् । आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै केशरमहलमा रहेकाे कार्यालय पुगी उनले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री पुनले विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बन्धित चार वटा सल्लाहकार समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरे।मन्त्री पुनले अन्तरिक्ष प्रविधि, न्युक्लियर टेक्नोलोजी, बायोटेक्नोलोजी र सूचना प्रविधि तथा एआईसम्बन्धी सल्लाह दिन सल्लाहकार समिति गठन गरेकाे मन्त्रालयले जनाएको छ । समितिको कार्यक्षेत्र प्रस्ताव गरिएको छ भने समितिमा रहने सदस्यहरूको नाम पछि टुङ्गो लाग्ने भएकाे छ ।
प्रतिक्रिया दिनुहोस्

