राप्ती प्रेस मञ्चले सिसहनियाँमा दिप प्रज्वलन गरी संविधान दिवस मनायो



राप्ती प्रेस मञ्चले सिसहनियाँमा दिप प्रज्वलन गरी संविधान दिवस मनायो

सिसहनियाँ ३ असाेज । राप्ती प्रेस मञ्चले दिप प्रज्वलन गरी संविधान दिवस मनाएको छ । मञ्चले शुक्रवार राप्ती गाउँपालिका ५ प्रगतिनगर सिसहनियाँमा साँझ दिप प्रज्वलन गरि संविधान दिवस मनाएको हो ।

मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा भएको दिप प्रज्वलन कार्यक्रममा बोल्ने वक्ताहरुले संविधानमा उल्लेख भएका धेरै बुँदाहरुमा संशोधन गर्न आवश्यक रहेको बताएका छन् । उनीहरुले संविधानमै प्रत्यक्ष राष्ट्रपति, प्रधानमन्त्री जनताले छान्न पाउने व्यवस्था हुनुपर्ने बताएका छन् । संविधान निमार्ण गरि कार्यान्वयन गर्न जति कठिन थियो । अव संविधानमा उल्लेख भएका कुराहरु संशोधन गर्न पनि जटिल भएकाले सवै पक्ष जिम्मेवार हुनुपर्ने बताएका छन् ।

सो अवसरमा सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद अधिकारी, प्रगतिनगर शहरी खानेपानी सरसफाई तथा उपभोक्ता संस्थाका अध्यक्ष भरत प्रसाद पाण्डे, राप्ती प्रेस मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख, उद्योगी, व्यापारी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो । मञ्चका सदस्य विदुर एमसीले धन्यवाद ज्ञापन गरेकाे कार्यक्रमको सञ्चालन मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे