राप्ती–८ पिपरीमा दुर्गा पुजा व्यवस्थापन समिति गठन : अध्यक्षमा विष्णुप्रसाद गुप्ता चयन
सिसहनियाँ २ असोज । हिन्दुहरुको महान् पर्व बडा दशैंको अवसरमा दाङको राप्ती गाउँपालिका–८ पिपरीमा दुर्गा पुजा व्यवस्थापन समिति गठन गरिएको छ ।
अगामी दशैंमा दुर्गा पूजा मनाउनका लागि समिति गठन गरिएको हो । बिहिवार पिपरीमा भएको आम नागरिकहरुको भेलाले विष्णुप्रसाद गुप्ताको अध्यक्षतामा ९ सदस्यीय दुर्गा पूजा व्यवस्थापन समिति गठन गरिएकोे हो । समितिको सचिवमा घनश्याम गुप्ता र कोषाध्यक्षमा भगवानदास गुप्ता चयन भएका छन् । त्यस्तै सदस्यहरुमा ओमप्रकाश गुप्ता, सुभाषचन्द्र गुप्ता, रामबहादुर चौधरी, चुमबहादुर बुढा, विष्णु कशौधन र सुर्वणमान चौधरी रहेका छन् । आगामी असोज ६ गते घटस्थापना देखि दुर्गाको मुर्ति स्थापना गरि विशेष पुजाआराधाना तथा भजन कृतन गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्

