रुकुम-पूर्व र बाग्लुङ सीमामा भूकम्पको धक्का
काठमाडौँ १ असाेज । रुकुम–पूर्व र बागलुङ जिल्लाको सीमा नजिकैको पतिहाल्ने भञ्ज्याङलाई केन्द्रबिन्दु बनाएर बुधबार साँझ भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ८ बजेर २५ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का उक्त क्षेत्र र आसपासका जिल्लाहरूमा पनि महसुस गरिएको थियो। यद्यपि यसबाट कुनै क्षति भएको सूचना प्राप्त भएको छैन।
प्रतिक्रिया दिनुहोस्

