रास्वपा नेत्री सुमना श्रेष्ठले पार्टी छाडेको घोषणा
काठमाण्डाै २९ भदौ । पूर्वशिक्षामन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेत्री सुमना श्रेष्ठले पार्टी छाडेको घोषणा गरेकी छिन्। नेतृत्वमाथि प्रश्न गर्दै उनले आज सामाजिक सञ्जालमार्फत पार्टी छाडेको घोषणा गरेकी हुन्।
श्रेष्ठले कहिलै गल्ति नस्वीकार्ने, गल्तिमाथि गल्ति गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनुपर्ने भन्दै असन्तुष्टि पनि व्यक्त गरिन् । रास्वपाले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेदेखि आफूले आलोचना गर्दै आएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्
