संविधान संधोधन गरेर प्रदेश खारेज गरिनुपर्छ : क्षेत्रिय सभापति आचार्य



संविधान संधोधन गरेर प्रदेश खारेज गरिनुपर्छ : क्षेत्रिय सभापति आचार्य

भालुवाङ २९ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी दाङ क्षेत्र नम्बर १ का सभापती मोहन आचार्यले संविधान संशोधन गरेर प्रदेश खारेज हुनुपर्ने बताएका छन् ।

सञ्चारकर्मी सँग कुराकानी गर्दै क्षेत्रिय सभापति आचार्यले तीन तहको सरकारले अर्थतन्त्र धान्न नसक्ने र संघियताको नाममा नेता र कर्मचारी पाल्ने काम मात्र भयो । प्रदेशको नाममा जनताले दुख पाएकोले पनि प्रदेश खारेज गरि २ तहको सरकारनै उत्तम हुने उनले बताए ।

सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै आचार्यले भन्नुभयो नेपाली जनता जेनजी, यूवा पुस्ताको जनविद्रोह मार्फत लिएको सत्ता पुराना ठूला दल भन्ने अलोकतान्त्रिक तथा अवैधानिक गठबन्धनको सरकार संसद अस्वीकार गरी नयाँ चिराबाट यूवा शक्ति जेनजी लगायत नयाँ दललाई समेटेर आगामी फागुन २१ गते हुने चुनावी प्रक्रियामा जानुपर्ने बताए ।

यसै बीच आचार्यले जेनजी पुस्ताको आन्दोलनमा सरकारले गरेको बर्बर दमनका कारण मृत्यु भएका सम्पूर्ण जेनजी यूवा तथा सुरक्षाकर्मीहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे