कारागारबाट भागेका ७ जना कैदीबन्दी दाङको अर्जुनखोलाबाट पक्राउ
देउखुरी २७ भदौ । कारागारबाट भागेका ७ जना कैदीबन्दीहरूलाई दाङको अर्जुनखोलाबाट पक्राउ गरिएको छ । बाँकेको बाल सुधार गृहबाट भागेका ५ जना र तुलसीपुर कारागारबाट भागेका २ जना गरि ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्ती टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोषणराज पाण्डेका अनुसार फरार मध्ये कोही पैदल हिँडिरहेका थिए भने केही विभिन्न सवारी साधनमार्फत फर्कँदै गर्दा भेटिएका हुन्। पक्राउ परेकालाई वडा प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। बिहीबार ६ जना र शुक्रबार थप १ जनालाई नियन्त्रणमा लिइएको हो।
प्रतिक्रिया दिनुहोस्

