दाङमा कर्फ्यु हट्यो, दिउँसो १ बजे सम्म निषेधज्ञा जारी
दाङ २७ भदौ । दाङमा कर्फ्यु हटेको छ । शुक्रबार विहान ५ बजे देखि कर्फ्यु हटेको हो ।
जिल्लाको जनजीवन सामान्य बन्दै गएपछि कर्फ्यु हटाईएको दाङका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले बताए । उनका अनुसार निषेधज्ञा भने जारी छ । उनका अनुसार शुक्रबार दिउसो १ बजेसम्म निषेधज्ञा जारी गरिएको छ ।
हुलदंगा, अशान्ति हुन सक्ने भन्दै निषेधज्ञा जारी भएको हो । निषेधज्ञा जारी भएको अबस्थामा पाँच जना भन्दा बढि जम्मा भई भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न पाइदैन ।जिल्लामा सरकारी सम्पति, सरकारी कार्यालय र ब्यक्तीको सम्पतिमाथि आगजनी तथा तोडफोड गरेपछि कर्फ्यु जारी गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

