दाङमा भोली बिहान ५ बजे सम्म कर्फ्यु थप



दाङमा भोली बिहान ५ बजे सम्म कर्फ्यु थप

दाङ २६ भदाै । दाङमा भोली बिहान सम्म कर्फ्यु थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय दाङले बिहीबार कर्फ्यु थप गरेको छ ।

प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालका अनुसार बिहान ५ बजे सम्म कर्फ्यु थप गरिएको हो । यस अघि बिहीबार राति १२ बजे सम्म मात्रै कर्फ्यु लगाईएको थियो । सुरक्षा समितिको सिफारिशका आधारमा थप गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए । यस्तो समयमा तोकिएको सीमा भित्र आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाईने उनले बताए ।

जिल्लामा राप्ती गाउँपालिकास्थित प्रदेश सभा, मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको क्षेत्र र भालुवाङमा क्षेत्रमा गोपीनाला, पूर्वमा भालुवाङ पुल तोकिएको छ । त्यसैगरी घोराही उपमहानगरपालिका क्षेत्रमा झिगौरा चोक, दक्षिणमा प्रहरी वोर्डिङ स्कूल देखि गोरखा वोर्डिङ स्कूल नजीकको कटुवा खोला पुल, पूर्वमा मितेरी हस्पिटल देखि रझेना स्कूलसम्म र उत्तरमा फुर्सेकाली, ढोरेनी स्कूल देखि सेवार खोला पुलसम्म तोकिएको छ । तुलसीपुरमा पूर्व–हात्तीखौवा, पश्चिम– कृष्ण मन्दिर, उत्तर आँखा अस्पताल र दक्षिण एयरपोर्टमा नेपाली सेना तैनाथ गरिएको छ । जहाँबाट प्रवेश गर्न निषेध गरिएको छ । त्यस्तै लमहीमा पूर्वमा– अर्नवा, पश्चिममा अर्जुन खोला पुल र दक्षिणमा कोलही पुलसम्म तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे