शान्तिपूर्ण समाधानका लागि पहल गर्न राष्ट्रपतिसमक्ष पत्रकार महासंघकाे आग्रह
काठमाण्डाै २६ भदाै । नेपाल पत्रकार महासंघले सङ्क्रमणकालीन अवस्थाको अन्त्यसहित शान्तिपूर्ण समाधानका लागि पहल गर्न राष्ट्रपतिसमक्ष आग्रह गरेको छ । महासंघका अध्यक्ष निर्मला शर्माले आज विज्ञप्ति निकालेर मूलतः संविधानले निर्धारण गरेको प्रक्रिया र संस्थाहरूमार्फत समाधान खोज्न माग गरेका हुन् ।
यस्तै कानून व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एसोसिएशनले अहिलेको संविधानभित्रकै प्रक्रियाबाट देशको राजनीतिक निकास खोज्न राष्ट्रपतिको ध्यानाकर्षण गराएको छ । यस्तै विभिन्न पार्टी निकट विद्यार्थी सङ्गठनका १२ जना पूर्व अध्यक्ष लगायतका विद्यार्थी नेताहरूले संविधानका आधारमा ‘जेन–जी’ युवाको माग सम्बोधन गर्नुपर्ने धारणा राखेका छन् । यस्तै बृहत् नागरिक आन्दोलनले संविधानका संरक्षक राष्ट्रपतिको अभिभावकत्वमा ‘जेन–जी’ क्रान्तिको सफलताको बाटो पहिल्याउनु आजको आवश्यकता भएको ठहर गरेको छ ।



