राप्ती गाउँपालिकामा १ सय भन्दा बढीको मोतियाबिन्दुको शल्यक्रिया



राप्ती गाउँपालिकामा १ सय भन्दा बढीको मोतियाबिन्दुको शल्यक्रिया

दाङ २६ भदौ । दाङको राप्ती गाउँपालिकामा १ सय भन्दा बढीको मोतियाबिन्दुको शल्यक्रिया गरिएकाे छ । तिलगंगा आँखा अस्पताल काठमाडौं अन्तर्गतको तिलगंगा सर्जिकल आँखा केन्द्र, राप्ती गाउँपालिका–५ सिसहनियाँ र राप्ती गाउँपालिकाको समन्वयमा भदौ २२ र २३ गते सम्पन्न शिविरमा १ सय ३१ जनाको शल्यक्रिया गरिएको तिलगंगा आँखा केन्द्र सिसहनियाँका इञ्चार्ज बिमल बहादुर बिसीले जानकारी दिएका छन् ।

गत भदौ ११ देखि २० गते सम्म दाङको राप्ती सहित गढवा, प्युठानको सरुमारानी र अर्घाखाँचीको सितगंगा नगरपालिकाका १० स्थानमा सञ्चालन भएको निशुल्क आँखा परीक्षण शिविरमा छनोट भएका १ सय २४ जना मोतियाविन्दुका बिरामी र ७ जना आँखामा मासु पलाएका बिरामी गरेर १ सय ३१ जनाको  आँखा शल्यक्रिया शल्यक्रिया गरिएको इञ्चार्ज बिसीले बताए ।

उनका अनुसार ६० जनाको शल्यक्रिया फेको मेसिन मार्फत र बाँकी ६४ जनाको हात मार्फत गरिएको हो । फेको मेसिन मार्फत शल्यक्रिया गर्दा ४१ सय रुपैयाँसम्म खर्च लाग्ने भए पनि हात मार्फत गरिएको शल्यक्रिया निशुल्क गरिएको थियो । शल्यक्रिया टोलीमा तिलगंगा आँखा अस्पताल काठमाडौंका आँखा रोग विशेषज्ञ डा. सुदिपराज भण्डारी, डा. निश्चल घिमिरे सहितका चिकित्सकहरु खटिएका थिए । यस अवसरमा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले गाउँघरमै स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले शिविर आयोजना गरिएको बताए । उनले निशुल्क सेवा कार्यक्रमले जनतामा स्थानीय सरकारप्रतिको विश्वास अझ प्रगाढ बनाएको समेत उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे