ओली परिवारद्वारा निलसागरका सडकमानवहरुलाई पितृहरूको संझनामा मिष्ठान्न भोजन
सिसहनियाँ २५ भदौ । दाङ देउखुरीमा एक परिवारले आफ्नो स्व.बुवाआमा र छोराको सम्झनामा बेसहारा सडकमानवहरुलाई मिष्ठान्न भोजन खुवाएको छ ।

राप्ती गाउँपालिका–८ बिजाैरी निवासी घनबहादुर ओलीले स्वर्गीय बुवा ओवीलाल ओली, आमा अम्बादेवी ओली र छोरा भुपाल ओलीको सम्झनामा बुधबार राप्ती गाउँपालिका वडा नम्बर ८ मिलनडाँडामा रहेको निलसागर सेवा आश्रममा पुगेर त्यहाँ रहेका सडक आश्रित मानवहरुलाई बिहानको एक छाक खाना स्वरुप खिर, पुरी र तरकारी खुवाएका छन् । साथी उनीहरूले आश्रमलाई २२ किलो चामल पनि सहयोग गरेका छन् ।

सोह्र श्राद्वको अवसरमा श्रीमती मुगादेवी ओली र बुहारी निसा ओली सहित आश्रममा पुगेका ओली परिवारले आश्रममा रहेका असहाय, बेसहारा, सहयोगापेक्षी सडकमानव बुवा– आमाहरुलाई मिष्ठान्न भोजन खुवाएका हुन् । आश्रमका असहाय, बेसहारा, सहयोगापेक्षी सडकमानव बुवा– आमाहरुलाई मिष्ठान्न भोजन गराएर पुण्य काम गरेको प्रति आश्रमका कार्यवाहक अध्यक्ष गरिवु चौधरीले धन्यवाद दिएका थिए ।



