देउखुरीको भालुवाङबाट लागु औषध सहित एक जना पक्राउ
भालुवाङ १८ भदौ । दाङको राप्ती गाउँपालिका-१ भालुवाङबाट लागु औषध सहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-५ (ख) लाईन घर भई हाल राप्ती गाउँपालिका-१ भालुवाङ नयाँबजार स्थित दलसिंह बाठा मगरको घरमा कोठा भाडा लिई बस्ने बर्ष ३० को बिराट केसी रहेका छन् । इलाका प्रहरी कार्यालय भालुवाङले दिएको जानकारी अनुसार भदौ १७ गते अन्दाजी दिउँसो २ बजेको समयमा बिराट केसीले अबैध रुपमा लागु औषध (ब्राउन सुगर) बिक्री गरी रहेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी टोलीले केसीलाई लागु औषध सहित पक्राउ गरेको हो ।
पक्राउ परेका केसीको शरिर तथा कोठा रितपुर्बक खानतलासी गर्दा स-साना पुडिया बनाई राखेको १९०० मिली ग्रामको ३३ पुडिया लागु औषध (ब्राउन सुगर) जस्तो देखिने धुलो पदार्थ फेला पारेको प्रहरीले बताएको छ । पक्राउ परेका केसीलाई बुधबार जिल्ला अदालत दाङबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

