राप्ती-३ मुक्तकमैया बस्तीमा घर माथि सालको रूख ढल्दा १ घरमा पुर्ण र १ घरमा आंशिक क्षति



राप्ती-३ मुक्तकमैया बस्तीमा घर माथि सालको रूख ढल्दा १ घरमा पुर्ण र १ घरमा आंशिक क्षति

भालुवाङ १६ भदौ । दाङको देउखुरीमा घर माथि काँचो  सालको रूख ढल्दा १ घरमा पुर्ण र १ घरमा आंशिक क्षति पुगेको छ ।

आइतबार मध्याह्न १२:३० बजेको समयमा घर माथि  एक्कासी सालको रूख ढल्दा राप्ती गाउँपालिका-३ मुक्त कमैया नयाँबस्ती स्थित लक्ष्मीप्रसाद चाैधरीको घरमा पुर्ण रूपमा क्षति पुगेको छ । चाैधरीको टिन लगाएको कच्ची घरमा रूख ढल्दा करिव १ लाख १५ हजार मूल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ । त्यस्तै सोही घर सँगै सटेको हेलुराम चाैधरीको घरमा रूखको हाँगा लागेर आंशिक क्षति पुगेको छ । उनको घरमा हाँगाविगा लागेर क्षति हुँदा करिव २५ हजार बराबरको क्षति भएको प्रहरीले बताएको छ ।

घरमा पुर्णरूपमा क्षति भएका पिडित लक्ष्मी प्रसाद चाैधरी सोही बस्तीमा रहेको मुक्त कमैयाको बैठक भवनमा बस्न बाध्य हुनु भएको छ भने हेलुरनमको आर्को आफ्नो पक्की घर भएकोले आफ्नै घरमा बसिरहनु भएको प्रहरीले बताएको छ । काचो सालको रूखको जरा कमजोर भएका कारण रूख ढल्न पुगेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे