डिभिजन वन कार्यालय देउखुरीका प्रमुख पंङ्गेनीलाई गढवाकाे कुलपानीमा स्वागत
देउखुरी १३ भदाै । दाङकाे डिभिजन वन कार्यालय देउखुरी लमहीकाे प्रमुखकाे रूप भरखरै सरूवा भएर आएका जीवन पंङ्गेनीलाई देउखुरीकाे गढवामा स्वागत गरिएकाे छ । डिभिजन वन कार्यालय पश्चिम नबलपरासीबाट भरखरै सरूवा भएर देउखुरी आएका सिनियर डिभिजन प्रमुख पंङ्गेनीलाई एक कार्यक्रमकाे आयाेजना गरी स्वागत गरिएकाे हाे ।
लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयले हालै वन अधिकृतहरूकाे सरूवा गरेकाे थियाे । साेही अनुसार डिभिजन वन कार्यालय देउखुरीका सिनियर डिभिजन प्रमुख महेन्द्रराज वाग्लेकाे कपिलबस्तुकाे चनराैटामा सरूवा भएपछि उनकाे ठाउँमा पश्चिम नवलपरासीका सिनियर डिभिजन प्रमुख पंङ्गेनी देउखुरी आएका हुन् । यसैबीच सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, स्थानीय वन महासंघ गढवा, गाेबरडिहा काष्ठ तथा फनिचर उद्योग बड्हरा र कुलपानी सामुदायिक वन उपभोक्ता समूह बड्हराकाे आयाेजनामा देउखुरीकाे गढवा गाउँपालिका-१, बड्हरामा स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएकाे छ ।

स्थानीय महासंघ गढवा, उद्योग र वन समूहका अध्यक्ष समेत रहेका नबराज शर्माकाे अध्यक्षता एवम् भरखरै सरूवा भएर आएका डिभिजन वन कार्यालय देउखुरी लमहीकाे प्रमुख जीवन पंङ्गेनीकाे प्रमुख आतिथ्यता तथा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ दाङका अध्यक्ष हरिप्रसाद भूसालकाे विशिष्ट आतिथ्यता स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएकाे हाे ।
महासंघका अध्यक्ष नबराज शर्माकाे अध्यक्षता एवम् डिभिजन वन कार्यालय देउखुरी लमही दाङका प्रमुख जीवन पंङ्गेनीकाे प्रमुख आतिथ्यता तथा सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघ दाङका अध्यक्ष हरिप्रसाद भुसालकाे विशिष्ट आतिथ्यतामा भएकाे कार्यक्रममा नबआगन्तुक पंङ्गेनीलाई टीका, माला र खाँदा लगाई स्वागत गरिएकाे थियाे । साे अवसरमा बाेल्दै नब आगन्तुक डिभिजन प्रमुख पंङ्गेनीले आफू सामुदायिक वन समूहकाे विकासका लागि प्रतिबद्ध रहेकाे बताए । उनले आफू देउखुरी बस्दा सामुदायिक वन समूहका उपभोक्ता र सराेकारवालाहरू संग सहकार्य गर्दै अघि बढ्ने समेत बताए ।

यस्तै कार्यक्रमका विशिष्ट अतिथी महासंघका दाङ जिल्ला अध्यक्ष हरिप्रसाद भुसालले सामुदायिक वनका सवालमा डिभिजन प्रमुख गम्भीर बन्न आग्रह गरे । उनले सामुदायिक वनमा दिगाे वन व्यवस्थापनकाे कार्यक्रम लाई प्रभावकारी बनाउँदै वन समूहलाई आय आर्जन संग जाेड्नुपर्नेमा जाेड दिए । महासंघका दाङ जिल्ला प्रबक्ता तिर्थराज ज्ञवालीकाे स्वागत मन्तब्यबाट शुरू भएकाे कार्यक्रममा डिभिजन वन कार्यालय देउखुरीका बरिष्ठ वन अधिकृत उपेन्द्र अर्याल, सवडिभिजन वन कार्यालय कालाकाटेका प्रमुख अनन्त डाँगी र वन महासंघ लुम्बिनीका प्रेस संयाेजक सन्ताेषकुमार गुप्ता लगायतका वक्ताले बाेलेका थिए ।
साथै कार्यक्रममा सहभागीहरूले सामुदायिक वन समूहकाे हितमा बिना झन्झट छिटाे छरिताे कार्य सम्पादन गर्न सुझाब समेत दिएका छन् । कार्यक्रमकाे सञ्चालन गाेबरडिहा काष्ठ तथा फनिचर उद्योगका सचिव चित्रबहादुर एमसीले गरेका थिए ।


