राप्ती-७ मिलनचोकमा अटो व्यवसायीद्वारा बाटो बन्द : अटो चल्ने रूटमा बस चलाउन नपाइने माग



राप्ती-७ मिलनचोकमा अटो व्यवसायीद्वारा बाटो बन्द : अटो चल्ने रूटमा बस चलाउन नपाइने माग

भालुवाङ ११ भदौ । दाङको राप्ती गाउँपालिका-७ मिलनचोकमा २ दिन देखि अटो व्यवसायीहरूले बाटो बन्द गरेर आन्दोलन गरेका छन् ।

गाैरी शंकर यातायात प्रालिले सिसहनियाँ पत्थरगढवा, सगरापुर बगरापुर हुँदै महदेवा जोड्ने बाटोमा बस चल्न नहुने भन्दै उनीहरू आन्दोलित भएका हुन् । सोही वडाको छोट्की सिसहनियाँमा कल्भर्ट निर्माण गर्ने क्रममा सिसहनियाँ महदेवा बाटो बन्द भएपछि वैकल्पिक बाटोको रूपमा सिसहनियाँ- पत्थरगढवा, सगरापुर बगरापुर हुँदै महदेवा जोड्ने बाटो सुचारु गरिएको थियो । अहिले सिसहनियाँ महदेवा सडक खण्ड सुचारू भएपनि बस व्यवसायीहरूले अटो चल्ने रूट प्रयोग गर्न नछोडेपछि अटो व्यवसायीहरू आन्दोलित हुनु परेको गाैरी शंकर यातायात प्रालिका उपाध्यक्ष शेरबहादुर बुढामगरले बताए ।

 

अटो व्यवसायीहरूले यस अघि अटो चल्ने रूटमा बस चलाउन दिन नहुने भन्दै राप्ती गाउँपालिका सहित ६ नम्बर वडा कार्यालय, इलाका प्रहरी कार्यालय सिसहनियाँ र सिसहनियाँ उद्योग वाणिज्य संघलाई ध्यानाकर्षण पत्र बुझाएको प्रालिका उपाध्यक्ष बुढामगरले बताए। यसै बीच २ दिन देखिको बन्द बाटो खुलाउन राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट सहितको एक टोली बन्दकर्ता भएको ठाउँमा पुगि अटो व्यवसायी सँग माैखिक छलफल गरेको छ । आउने शुक्रबार राप्ती गाउँपालिका भित्र चल्ने सम्पूर्ण अटो व्यवसायीहरूलाई पालिकामा बोलाएर छलफल गर्ने र हाल अटो चल्ने रूटमा बस चल्न नदिने गरि अवरुद्ध बाटो सुचारु गराइएको छ । राप्तीमा चल्ने अटोलाई यस अघि गाउँपालिकाले सुचना निकालेर सुचिकृत हुन र छलफलमा बोलाए पनि सुचनाको व्यवास्ता गरेको राप्ती गाउँपालिका पुर्वधार विकास समितिका संयोजक बिरबहादुर चाैधरीले बताए । उनले अटो व्यवसायीहरूलाई अब कानुनी दायरमा ल्याएर पालिकामा दर्ता देखि रूटपरमिट दिने र भाँडादर समेत कायम गर्न छिट्टै छलफलमा बोलाउने तयारी गरेको बताए ।

अवरुद्ध बाटो खुलाउन राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक,राप्ती गाउँपालिका पुर्वधार विकास समितिका संयोजक तथा ४ नम्बर वडा अध्यक्ष बिरबहादुर चाैधरी, १ नम्बर वडा अध्यक्ष गेमबहादुर खड्का, ५ नम्बर वडा अध्यक्ष देवप्रसाद चाैधरी, ६ नम्बर वडा अध्यक्ष दिपक कुमार चाैधरी, इलाका प्रहरी कार्यालय सिसहनियाँका कार्यालय प्रमुख रकमबहादुर खड्का, सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद अधिकारी, राप्ती गाउँपालिकाका कर्मचारीहरू रेशमराज अधिकारी, विकास ज्ञवाली र पत्रकारहरूको सहभागीता रहेको थियो ।  हाल सो यातायात प्रालिमा ५० वटा अटो दर्ता छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे