तीज पर्वका अवसरमा लुम्बिनीका सभामुख घर्तीद्वारा शुभकामना व्यक्त
देउखुरी १० भदौ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले महिलाहरुलाई राजनीतिक नेतृत्वसंगै आर्थिक पहुंचको वृद्धि गरी सबल, सक्षम र आत्मनिर्भर बनाउन जरुरी रहेको बताएका छन् ।
नेपाली महिलाहरुको महान् पर्व हरितालिका (तीज)को अवसरमा आज शुभकामना सन्देश जारी गर्नु हुँदै उनले लुम्बिनी प्रदेश सभाले महिलाहरुलाई आत्मनिर्भर बनाउने नीति तथा कानुनमा प्राथमिकता दिएको र त्यसको लागि पहल गरिहने समेत प्रतिबद्धता व्यक्त गरे । “महिलाहरुको हक अधिकार स्थापित गराउने सन्दर्भमा सकारात्मक भूमिकाको साथमा नीति तथा कानुन निर्माण गर्दै आएको छ । ” शुभकामना सन्देशमा उल्लेख छ-” महिलाहरुलाई राजनीतिक नेतृत्वसंगै आर्थिक पहुंचको वृद्धि गरी सबल, सक्षम र आत्मनिर्भर बनाउने गरी नीति तथा कानुन निर्माणको लागि पहल गरिरहेको र पहल गरिहने समेत प्रतिवद्धता व्यक्त गर्दछु । ”
यो पर्वले विशेष गरी महिला दिदी वहिनीहरुलाई हरेक दृष्टीकोणले अब्वल र सक्षम बनाउन अभिप्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास व्यक्त गर्दै सभामुख घर्ति मगरले यो पर्वले महिलाहरुमा श्रृजनशिल र आत्मनिर्भर सोंचको विकास गर्न प्रेरणा प्रदान गरोस् भनी कामना समेत गरेका छन् ।
राजनीतिक परिवर्तनमा नेपाली वीर महिलाहरुको अतुलनीय अद्धितीय वलिदान र योगदान कै कारण संघीय लोकतान्त्रिक गणतन्त्र आएको बताउँदै उनले तिज पर्वको अवसरमा ति महान चेलीहरुको योगदानप्रति उच्च सम्मान व्यक्त गरे ।
“महान जनयुद्ध, जनआन्दोलन तथा विभिन्न काल खण्डमा भएका आन्दोलन, संघर्ष र क्रान्तिको परिणाम स्वरुप मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको छ । जहां सदिऔं देखी पछाडी पारिएका महिलाहरुको लागी एउटा सुनौलो भविष्यको आशाको दियो बलेको छ ।” शुभकामना सन्देशमा उल्लेख छ-” राजनीतिक परिवर्तनमा नेपाली वीर महिलाहरुको अतुलनीय अद्धितीय वलिदान र योगदान कै कारण हामी यो व्यवस्थामा आएका छौं । म यो पर्वको अवसरमा ति महान चेलीहरुको योगदानप्रति उच्च सम्मान व्यक्त गर्दछु । “उनले सधै निराशा र कुण्ठा होईन, आशा र सुनौलो भविष्यको सपना देख्ने सकारात्मक पक्षकोे प्रतिविम्व तिज गितको भाकामा खुसी र संमृद्धीको लय साट्न सकियोस भन्ने शुभेच्छा व्यक्त गरेका छन् । नेपालमा ऐतिहासिक कालदेखि मनाउदै आएको तीज नेपाली समाजको सामान्ती कुरीति विरुद्ध गरिएको सांस्कृतिक विद्रोहको एक रुप हो ।
नेपाली जनजीवनको सामाजिक–साँस्कृतिक पहिचान व्यक्त गर्ने यो पर्वले नेपाली महिलाहरूको ऐतिहासीक पक्षलाई समेत उजागर गरेको छ । यहां मनाईने चाडपर्व तथा हाम्रा रहनसहन, रितीरिवाजका आफ्नै मौलिकता र पहिचान बोकेको छ । परम्परागत रुपमा मौलिकतामा रहि यो पर्व मनाउँदै आएकोमा पछिल्लो समय आधुनिकताको नाममा भड्किलो कार्यले नेपाली मौलिक संस्कृतिलाई ओझेलमा पादै लगेको छ, तिजलाई उत्ताउलो र खर्चिलो बनाउँदै लगिएकोमा सभामुख घर्ती मगरले चिन्ता व्यक्त गरेका छन् । ” सामाजिक मुल्यमान्यता बोकेको मौलिक सांस्कृतीक पर्वहरुमा विकृतीहरु घुस्न थालेका छन । तिजलाई भड्किलो व्यापारको रुपमा प्रयोग गरिँदैछ । जुन तिजको नाममा हाम्रो समाजमा भित्रिएको नकारात्मक पक्ष हो ।” उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन्-” यस्ता गलत प्रवृति बढ्दै जांदा आर्थिक भार मात्र होइन मौलिक सँस्कृतिमा पनि असर पुगेको छ । तसर्थ तिज पर्वलाई मौलिक पर्वको रुपमा मनाउन म अनुरोध समेत गर्दछु ।”


