तीज पर्व सामाजिक, साँस्कृतिक तथा धार्मिक आस्था सँग जोडिएको छ : शान्ता चाैधरी



तीज पर्व सामाजिक, साँस्कृतिक तथा धार्मिक आस्था सँग जोडिएको छ : शान्ता चाैधरी
दाङ ६ भदौ । प्रेस चाैतारी नेपाल दाङले शुक्रबार दाङको घोराहीमा प्रदेश स्तरीय तीज विशेष कार्यक्रम अन्तरगत तीज पर्व र महिला सशक्तीकरण विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
चाैतारी दाङका अध्यक्ष सुधासुमन ढकालको अध्यक्षता एवम् नेकपा एमाले पोलिटव्युरो सदस्य शान्ता चाैधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै चाैधरीले तीजकाे आफ्नै माैलिकता र महत्त्व भएकाले यसलाई हर्ष र उल्लासपूर्ण किसिमले मनाउनुपर्ने बताएकी छिन् । पछिल्लो समयमा तीज भड्किलो, खर्चिलाे, उच्छृङ्खल बन्न थालेकाेमा त्यसलाई सुधार गरी  एक महिना अघिबाट दर खाने परिपाटी अन्त्य गर्नुपर्ने उनले बताइन् ।  कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य सीता सिग्देल न्याैपाने, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष नारायणी रजाैरे, प्रेस युनियनका केन्द्रीय उपमहासचिव सुलोचना गाैतम, प्रेस सेन्टर नेपालका केन्द्रीय उपमहासचिव लक्ष्मी आचार्य  प्रगतिशील प्रेस संगठनका सदस्य सुशीला आचार्य, अधिवक्ता सुष्मा केसी, अखिल नेपाल महिला संघ दाङकी सचिव पशुपति चाैधरी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
बोल्ने वक्ताहरूले  नेपालकाे कला सँस्कति जगेर्ना गर्न तीज पर्वले महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै तीजलाई रचनात्मक र सन्देशमूलक बनाउन आवश्यक रहेकाे धारणा राखेका छन् । पछिल्लो समयमा तीज पर्वलाई भड्किलाे र खर्चिलाे बनाउने प्रयास गरिएको भन्दै उनीहरूले त्यसलाई राेक्न सवैले आफु र आफ्नाे परिवार मार्फत भूमिका खेल्नुपर्ने बताएका छन् । साे अवसरमा चाैतारी दाङका अध्यक्ष सुधासुमन ढकालले तीज पर्व र महिला सशक्तीकरण विषयक कार्यपत्र प्रस्तुत गरेकी थिइन् भने तीज पर्वकाे महत्त्व समेटिएको भिडयाे क्लिप समेत प्रदर्शन गरिएको थियाे । कार्यपत्रमाथि सञ्चारिका समुह दाङका अध्यक्ष रञ्जिता शर्माले टिप्पणी गरेकी थिइन् । कार्यक्रममा धन्यवाद ज्ञापन चाैतारीका प्रदेश सचिव निता चाैधरी र जिल्ला उपाध्यक्ष लक्ष्मी पोख्रेलको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन प्रेस चाैतारी नेपाल महिला विभाग प्रमुख दिप्तीशिखा चाैधरीले गरेकी थिइन्।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे