दाङको राप्ती गाउँपालिकाबाट ८ थान अबैध चिरान काठ बरामद 



दाङको राप्ती गाउँपालिकाबाट ८ थान अबैध चिरान काठ बरामद 

भालुवाङ ६ भदौ । दाङको राप्ती गाउँपालिका क्षेत्रबाट प्रहरीले अवैध चिरान काठ र लत्ताकपडा बरामद गरेको छ ।

बिहीबार दिउँसो ३ बजेको समयमा राप्ती गाउँपालिका वडा नम्बर ४ स्थित शान्ति सामुदायिक बनबाट रा १ त ५०४१ नम्वरको ट्याक्टरमा लुकाई छिपाई गरि मौरीघाट तर्फ ल्याउदै गरेको ६ फिट लम्बाई, ४ ईन्च चौडाई र ६ इन्च उचाई भएको साल जातको ८ थान चिरान काठलाई इलाका प्रहरी कार्यालय भालुवाङले बरामद गरेको हो । सोही पालिकाको वडा नम्बर ९ बस्ने वर्ष २७ को अहमद मियाले चलाई ल्याएको सो ट्याक्टरको हाईड्रोलिक ट्राली मुनी लुकाई छिपाई ल्याउदै गरेको ट्याक्टर र ट्याक्टर चालकलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय लमही दाङमा पठाएको प्रहरीले बताएको छ ।

यसै बीच प्रहरीले बिभिन्न मितिमा भन्सार छलि गरि ओसार-पसार गरिरहेको अवस्थामा अन्दाजी २ लाख ४५ हजार ५ सय ७४ रूपैयाँ बरावरको लत्ता कपडा तथा खाद्य सामानहरु बरामद गरेको छ । बरामद गरिएका सामाग्रीहरूलाई आवश्यक कारवाहीको लागि भान्सार कार्यालय कृष्णनगर कपिलवस्तुमा पठाईएको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे