ऐरावती क्याम्पसमा तीज गीत प्रतियोगिता सम्पन्न : आशाका किरण संस्था प्रथम



ऐरावती क्याम्पसमा तीज गीत प्रतियोगिता सम्पन्न : आशाका किरण संस्था प्रथम

भालुवाङ ५ भदौ । दाङको राप्ती गाउँपालिका-२ लालमटियामा रहेको ऐरावती आदर्श बहुमुखी क्याम्पसमा बिहीबार तीज गीत प्रतियोगिता सम्पन्न भएको छ।

हरितालिका तीजको अवसरमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा आशाका किरण संस्था प्रथम, ऐरावती आदर्श बहुमुखी क्याम्पस द्वितीय र पब्लिक एजुकेशन एकेडेमी  लालमटियाले तृतीय स्थान हासिल गरेका छन् । विजेता समुहलाई क्रमश १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको छ । स्ववियु सभापति विनोद कुमार सोनीको अध्यक्षता एवम् क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशवराज खनालको प्रमुख आतिथ्यता तथा क्याम्पस प्रमुख विक्रान्त ज्ञवालीको विशिष्ट आतिथ्यतामा प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगिताको निर्णायकको भुमिका डान्स शिक्षक हेमन्त पाण्डे, सदिक्षा विक र चन्द्रप्रकाश ओली रहेका थिए । स्ववियु कोषाध्यक्ष मन्दिप पोख्रेलको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन स्ववियु सदस्य भुपिन्द्र परियारले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे