सिसहनियाँमा आप्रबासी चरा संरक्षण परियाेजनाकाे बिषयमा स्थानीय आदिबासीहरू संग छलफल
देउखुरी ३० साउन । दाङ-देउखुरीकाे राप्ती गाउँपालिका-५, का स्थानीय आदाबासी समुदायहरू संग आप्रबासी चरा संरक्षण परियाेजनाकाे बिषयमा स्थानीय आदिबासीहरू संग छलफल गरिएकाे छ । नेपाल पंक्षी संरक्षण संघले सञ्चालन गर्न थालेकाे दाङ-देउखुरी चूरे वन तथा पश्चिम राप्ती सिमसार क्षेत्रमा आप्रवासी चराहरुको संरक्षणको लागि स्थानिय सरकार र समुदायहरुको संलग्नता नामक परियोजना अन्तर्गत राप्ती गाँउपालिका वडा नं. ५ सिंसहनियाँका आदीबासी समुदायका नेतृत्वहरु वीच महत्वपूर्ण चरा तथा जैविक विविधता क्षेत्र संरक्षण सम्बन्धि संचेतना कार्यक्रम बिहिबार देउखुरीकाे सिसहनियाँमा सम्पन्न भएकाे हाे ।
परियोजना र चरा तथा जैविक विविधता संरक्षणका बारेमा संचेतना अभिबृद्धि गर्ने उद्देश्यले नेपाल पंक्षी संरक्षण संघको आयोजनामा कार्यक्रम गरिएको हाे । साे अवसरमा सहभागीहरूलाई संघका परियोजना अधिकृत भूपाल नेपालीले देउखुरी सहित राप्ती नदीमा रहेका स्थानीय प्रजातीका चराहरू र अप्रबासी चराहरूकाे अवस्था लगायतका बिषयमा बिस्तृत रूपमा जानकारी गराएका थिए । यस्तै वर्ड लाइफ इन्टरनेशलनका कार्यक्रम संयोजक डा. आनन्द चौधरीले चरा र जैविक विविधता संरक्षणको महत्व, चूनौती र आगामी दिनहरुमा गरिने संरक्षणका प्रयासहरुका बारेमा जानकारी गराएका थिए ।
साे अवसरमा बाेल्दै राप्ती गाउँपालिका वार्ड नम्बर ५ का वडा अध्यक्ष देबप्रसाद चाैधरीले आफ्नो ब्यक्तिगत र वडा कार्यालयको तर्फबाट चरा तथा जैविक विविधता संरक्षणका लागि आवश्यक सहयोग गर्ने बताए । साथै उनले चरा संरक्षणका बिषयमा स्थानीय सरकार प्रतिबद्ध रहेकाे बताए । कार्यक्रममा थारु समुदायका अगुवा, संरक्षणकर्मी र समाजसेवीहरुको सहभागिता रहेको थियो । कार्यक्रमकाे सहजीकरण नेपाल पंक्षी संरक्षण संघका दिलिप चन्दले गरेका थिए।

