लमही-भालुवाङ सडक खण्डकाे पाखापानी क्षेत्रमा सडक मर्मत सुरु (समाचार प्रभाव)
भालुवाङ २२ साउन । दाङकाे लमही भालुवाङ सडक खण्डकाे राप्ती गाउँपालिका-१ पाखापानीमा स्थानीयले सडकमै केरा राेपेर विराेध गरेकाे २४ घण्टा नबित्दै सडक मर्मत गर्न थालिएकाे छ ।
बुधवार देउखुरी टुडे लगायत विभिन्न सञ्चार माध्यममा प्रकाशित प्रसारित समाचार र समाजिक सञ्चालमा समेत केरा राेपिएकाे तस्वीर र भिडियाे सार्वजनिक भएपछि सडक डिभिजन कार्यालयले बिहिवार देखि सडक मर्मत गर्न थालेकाे हाे । सडक डिभिजनले रोपेका केरा हटाउँदै सडक मर्मत थालेको हो ।
साे सडक खण्डमा सडकैभर खाडल परेपछि राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानीका स्थानीय युवाहरुले पाखापानी स्थित पवित्रा पेट्रोल पम्प नजिक बीच सकडमै बिरुवा राेपेका थिए । नियमित वर्षाका कारण सडकका खाडलमा पानी भरिएपछि दुर्घटनाको जोखिम बढेको, हिँड्डुल गर्न समस्या भएको थियाे । सडक मर्मत गर्ने कुरामा कसैले ध्यान नदिदा सडक विभागको ध्यान केन्द्रित गर्न बीच सडकमै बिरुवा राेपेका थिए ।

