दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु



दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु

देउखुरी १४ साउन । दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राप्ती गाउँपालिका–६ पत्थर गढवा निवासी २२ वर्षीय अयोध्या चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । गएराती करिब १२ बजेतिर लमही नगरपालिका–२ सोनपुरमा लु ४४ प ३४१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक चौधरी गम्भीर घाइते भएका थिए ।

उनीलाई उपचारका लागि लमही अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रवक्ता डिएसपी चक्र बहादुर शाहले जानकारी दिए । मृतकको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे