लमही-७ नयाँबस्तीमा एक पुरूष मृत अवस्थामा फेला



लमही-७ नयाँबस्तीमा एक पुरूष मृत अवस्थामा फेला

देउखुरी १४ साउन । देउखुरीमा एक पुरूष मृत अबस्थामा भेटिएका छन् ।

लमही नगरपालिका वडा नम्बर ७ नयाँबस्तीमा सोही ठाउँकै ५७ वर्षिय श्यामलाल चौधरी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बुधबार बेलुका करिब ५ बजेको समयमा स्थानियले चौधरीको शब देखेपछि प्रहरीलाई खबर गरेका थिए । पारिवारिक स्रोतका अनुसार उनी तरकारी किन्न भनी घरबाट निस्किएका थिए । शबलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे