वन महासंघ लुम्बिनीद्वारा स्वर्गीय भट्टराईको पाँचौँ पुण्यतिथिकाे अवसरमा श्रद्धाञ्जलीसभा सम्पन्न



वन महासंघ लुम्बिनीद्वारा स्वर्गीय भट्टराईको पाँचौँ पुण्यतिथिकाे अवसरमा श्रद्धाञ्जलीसभा सम्पन्न

कपिलबस्तु १३ साउन । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल लुम्बिनी प्रदेशका उपाध्यक्ष हुमनाथ भट्टराईकी ममतामयी माता स्वर्गीय पिमकुमारी भट्टराईको पाँचौँ दिनको पुण्यतिथिको अवसरमा आज मंगलबार श्रद्धाञ्जलीसभा सम्पन्न भएकाे छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल लुम्बिनी प्रदेशको आयोजनामा स्वर्गीय भट्टराई निवास बाणगंगा नगरपालिका-६, लक्ष्मणघाट, कपिलबस्तुमा श्रद्धाञ्जलीसभा सम्पन्न भएकाे हाे ।

वन महासंघकी लुम्बिनी प्रदेश अध्यक्ष कल्पना भण्डारीको अध्यक्षता एवम् महासंघका केन्द्रीय सदस्य दिनानाथ आचार्यकाे प्रमुख आतिथ्यतामा भएकाे श्रद्धाञ्जलीसभामा बाेल्ने वक्ताहरूले आमाकाे त्याग, बलिदानी र मायाले मात्र हरेक सन्तान सफल हुने गरेकाे बताएका थिए । बक्ताहरूले जन्म पछि मृत्यु हुने प्राकृतिक नियम भएकाेले आमाले गरेका आसा र विश्वास छाेराहरूले पूरा गर्नुपर्ने बताएका थिए । साथै वक्ताहरूले आमाकाे हाैसला, प्रेरणा र मार्गदर्शनले हुमनाथ वन महासंघकाे अगुवा हुन सफल भएकाे उदाहरण समेत दिएका थिए ।

साे अवसरमा स्वर्गीय पिमकुमारीका जेष्ठ सुपुत्र हुमनाथ भट्टराईले आमाकाे जीवनीका बारेमा बताउनु भएकाे थियाे । श्रद्धाञ्जलीसभामा महासंघका केन्द्रीय सदस्य बालिका बुढाथाेकी, टिचन गुरूङ्ग, केन्द्रीय न्यायिक समितीका संयोजक रिता घिमिरे, महासंघ कै प्रदेश सदस्यहरू अमृता नेपाल, बाबुराम पौडेल, यमबहादुर थापा, महेन्द्रबहादुर शाही, महासंघका लुम्बिनी प्रदेशका संञ्चार संयाेजक सन्ताेषकुमार गुप्ता, महासंघका कपिलबस्तु जिल्ला अध्यक्ष जयलाल गिरी, रुपन्देही अध्यक्ष श्यामकला आचार्य, बाँके जिल्ला अध्यक्ष साबित्रा पुन र नवलपरासी पश्चिम अध्यक्ष शारदा पोख्रेल लगायतकाे उपस्थिति रहेकाे थियाे ।

श्रद्धाञ्जलीसभामा स्वर्गीय पिमकुमारी भट्टराईका जेष्ठ सुपुत्र तथा महासंघका प्रदेश उपाध्यक्ष हुमनाथ भट्टराईले आमाको जिवनी बारे प्रकाश पार्नुभयाे । उहाँले आफ्नी आमाको सरल स्वभाव, मिलनसार र सहयोगी मनोवृत्तिको चर्चा गरेका थिए । जेष्ठ सुपुत्र भट्टराईले जीवनभर गरिब, दुखी र असहायको सेवा गर्नु भएको स्मरण गरेका थिए । २०४० सालमा कपिलबस्तु जिल्लाको बाणगंगा नगरपालिका-६, लक्ष्मणघाटमा पहाडबाट बसाईसरी आएको बताउँदै यस ठाँउको विकासमा आमाले महत्वपूर्ण योगदान पुर्याउनु भएकाे समेत बताए ।

स्वर्गीय पिमकुमारीकाे तश्वीरमा फुलटीका सहित मल्यार्ण गरी शुरू भएकाे श्रद्धाञ्जलीसभाकाे सञ्चालन वन महासंघका दाङ जिल्ला अध्यक्ष हरिप्रसाद भुसालले गरेका थिए । पिमकुमारीको यही साउन ८ गते ८७ बर्षको उमेरमा निधन भएको थियाे । उन पार्थिव शरिरलाई बागगंगा नदीकाे लक्ष्मणघाट हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएकाे थियाे । स्वर्गीय पिमकुमारीका ६ भाई छोरा र १ छोरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे