देउखुरीमा सर्पको टोकाईबाट पूर्व प्रधानाध्यापक यादवको मृत्यु
दाङ १२ साउन । दाङमा सर्पको टोकाईबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजपुर गाउँपालिका–३ खरदरियाका ५५ वर्षीय शालिकराम यादव रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
शङ्कर माध्यमिक विद्यालय खरदरियाका पूर्व प्रधानाध्यापक समेत रहेका यादवलाई आज बिहान घरभित्रै सर्पले टोकेपछि उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पु¥याएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो । गर्मी बढेसँगै विशेषगरी तराई र मध्यहाडी क्षेत्रमा समेत सर्पदंसका घटना बढेका छन् । गर्मीमा शीतल तथा आहाराको खोजी गर्दै सर्प घरभित्र आउने जोखिम धेरै रहेकोले सावधानी अपनाउनुपर्ने सर्प विज्ञहरुले बताएका छन् । झ्यालमा जाली राख्न, सुत्नुअघि ओछ्यानमा सर्प भए÷नभएको यकिन गर्न, झुल लगाएर सुत्न, घरभित्र सर्प बस्ने सम्भावित ठाउँलाई निगरानी गर्न आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्

