रोटरी क्लब अफ राप्तीको तेस्रो पदस्थापन : अध्यक्षमा गोपाल आचार्य



रोटरी क्लब अफ राप्तीको तेस्रो पदस्थापन : अध्यक्षमा गोपाल आचार्य

भालुवाङ ११ साउन । रोटरी क्लब अफ राप्तीको तेस्रो पदस्थापन समारोह सम्पन्न भएको छ ।

शनिवार एक समारोहका बिच क्लबको तेस्रो पदस्थापन कार्यक्रम राप्ती गाउँपालिका–१ भालुवाङ स्थित होटल पौवामा सम्पन्न भएको छ । पदस्थापन कार्यक्रममा वर्ष २०२४\०२५ का अध्यक्ष तपराज आचार्यले वर्ष २०२५\०२६ का अध्यक्ष गोपाल आचार्यलाई पद हस्तान्तरण गरेका थिए। क्लबका वर्तमान अध्यक्ष गोपाल आचार्यको अध्यक्षता एवम् रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का निवर्तमान डिष्ट्रिक गभर्नर राजेन्द्र प्रसाद ध्वजुको प्रमुख आतिथ्यतामा पदस्थापन कार्यक्रम सम्पन्न भएको हो ।

पदस्थापन समारोहमा वर्ष २०२४\२५ का अध्यक्ष तपराज आचार्यले वर्ष २०२५\०२६ का अध्यक्ष गोपाल आचार्यलाई ग्राभल र ह्यम्मर हस्तान्तरण गरे  भने संस्थापक अध्यक्ष बासुदेव न्यौपानेले चार्टड प्रमाणपत्र प्रदान गरेका थिए । त्यस्तै प्रमुख अतिथि ध्वजुले क्लबका वर्तमान अध्यक्ष गोपाल आचार्यलाई सपथ ग्रहण गराएका थिए । सपथ ग्रहण पश्चात् क्लबका अध्यक्ष आचार्यले क्लबको नियमित बैठकको आह्वान गर्दै सञ्चालन गरेका थिए। समारोहमा वर्तमान अध्यक्ष गोपाल आचार्यले वर्ष २०२५\०२६ को बोर्डलाई परिचित गराउँदै शपथ ग्रहण गराएका थिए । सो अवसरमा शुभकामना व्यक्त गर्दै निवर्तमान डिष्ट्रिक गभर्नर ध्वजुले रोटरीको भावना र मर्म अनुसार काम गर्न क्लब नेतृत्व र सदस्यहरूलाई सुझाव दिए । उनले रोटरी क्लवमा आवद्ध युवाहरुमा केही नयाँ गरौं भन्ने हुटहुटी रहेको बताए । ‘जहिले देखी यो क्लव गठन भयो, म संगै जोडिएको छु’ उनले भने, ‘यहाँ जोडिएका साथिहरुमा नयाँ गरौं भन्ने हुटहुटी देखीरहेको छु ।’ आफ्नो व्यस्तताका बीच समाजसेवाका लागि समय निकालेर अघि बढ्नु नै रोटरीयनहरुको धर्म र कर्तव्य रहेको भन्दै उनले स्वार्थरहितको समाजसेवाका लागेकोमा धन्यवाद व्यक्त गरे ।

नवनिर्वाचित अध्यक्ष गोपाल आचार्यले राप्ती गाउँपालिका भित्र रहेका सवै सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको निशुल्क मुटु परिक्षण गर्ने योजना रहेको बताउँदै थप स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रमा रचनात्मक काम गर्नेे प्रतिवद्धता व्यक्त गरे । त्यस्तै कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष तपराज आचार्यले एक वर्ष भित्र क्लबले गरेका सामाजिक एवं रचनात्मक कार्यको बारेमा जानकारी गराए । त्यस्तै उनले आफ्नो कार्यकालमा साथ सहयोग गरी सफल बनाउने रोटरीयनहरुलाई धन्यवाद सहित मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रममा माध्यमिक विद्यालय मौरीघाटमा कक्षा ३ मा अध्ययनरत पर्वत जैसीलाई शैक्षिक सामाग्री प्रदान गरिएको थियो ।
क्लबको वर्ष २०२५/२६ को सचिवमा दोर्ण प्रसाद आचार्य, कोषाध्यक्षमा दुर्गाबहादुर बस्नेत, संस्थापक अध्यक्ष बासुदेव न्यौपाने, निवर्तमान अध्यक्षमा तपराज आचार्य, प्रेसिडेन्ट इलेक्टमा बसन्त गिरी, प्रेसिडेन्ट नोमिनीमा मोहन आचार्य, उपाध्यक्षमा हिमानन्द पाण्डे र खुमलाल पोख्रेल, क्लब एडमिन्स्ट्रेटिभ चेअरमा पिताम्बर रोका, मेम्बरसिप चेअरमा विजुला केसी, पब्लिक इमेज चेअरमा श्याम न्यौपाने, सर्भिस प्रोजेक्ट चेअरमा बासुदेव न्यौपाने, द रोटरी फाउण्डेशन चेअरमा शितल रिजाल रहेका छन्।

त्यस्तै सर्जन एट आम्र्समा अन्जना पोख्रेल, क्लब एडभाइजरमा एजाज आलम रहेका छन् । त्यसै क्लवमा नयाँ सदस्यको रुपमा आवद्ध भएका आशिष रेग्मी, चेतन सारु, कमल केसी र विष्णुप्रसाद चौधरीलाई पिन प्रदान गरिएको थियो । हाल क्लवमा २७ जना सदस्यहरु रहेका छन् । कार्यक्रममा असाइन एजी विरु रावत, सेन्टल बुटवलका अध्यक्ष पुरन ज्ञवाली, संस्थापक अध्यक्ष बासुदेव न्यौपानेले शुभकामनाले व्यक्त गर्दै क्लबको विगतका सकारात्मक अभ्यासहरूलाई निरन्तरता दिँदै थप सृजनशील भएर लाग्न आग्रह गरे । कार्यक्रमको सञ्चालन रोटरी क्लव अफ राप्तीका सचिव दोर्ण प्रसाद आचार्यले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे