संचारकर्मी एचआर मगरले अभिनय गर्नुभएकाे ‘चट्टै माया लै लै’ तीज गीत सार्वजनिक (भिडियो सहित)
दाङ १० साउन । दाङ तुलसीपुरका संचारकर्मी एचआर मगरकाे अभिनय रहेकाे ‘चट्टै माया लै लै’ तीज गीतकाे म्यूजिक भिडियाे सार्वजनिक गरिएकाे छ । चर्चित गायक भागिरथ चलाउने र गायिका माया केसीको स्वरमा सजिएको उक्त तीज गित ‘चट्टै माया लै लै’ को म्युजिक भिडियो शनिबार सार्वजनिक गरिएको हाे ।
म्युजिक भिडियोमा संचारकर्मी एचआर मगर र गायिका माया केसीको अभिनय रहेको छ । गीतको भिडियो दाङका विभिन्न स्थानमा छायाँकन गरिएको हो । गितमा रोशन वलीको शब्द सिर्जना रहेको छ भने मञ्जित पहाडीले लय सिर्जना गर्नुभएको छ । यस्तै गीतको संगीत संयोजन खेमराज गौतमले गरेका छन् ।
मौलिक शैलीमा तयार पारिएको यो गीतले नेपाली महिलाको तीजलाई थप रौनक बनाउने विश्वास गरिएको गायिका तथा मोडल केसीले बताइन् । उनले तीज पर्वको सांस्कृतिक महत्वलाई समेट्दै गीतमार्फत महिलाको भावनात्मक पक्षलाई उजागर गर्ने प्रयास गरिएको बताए ।
यस्तै संचारकर्मी तथा मोडल एचआर मगरले ‘चट्टै माया लै लै’ गितको भिडियो छायांकन दाङमै गरिएको र स्रोता तथा दर्शकको माया पाउने विश्वास व्यक्त गरेका छन् ।
गीतको म्युजिक भिडियो एचआर क्रियसन युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । यस गितका गायक भागिरथ चलाउनेका थुप्रै गित सुपरहिट छन् । युट्युबमा सार्वजनिक भएको गीतले केही घण्टामै राम्रो प्रतिक्रिया पाइरहेको छ ।
गीतको शनिबार तुलसीपुरस्थित मेट्रो दरबारमा औपचारिक कार्यक्रम गरी सार्वजनिक गरिएको हो । ब्ल्याक डायमण्डस् प्रालिका अध्यक्ष तथा निर्देशक झग्गु भण्डारीको अध्यक्षतामा कार्यक्रम गरिएको हो ।
त्यस अवसरमा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत, चलचित्र पत्रकार संघ लुम्बिनी प्रदेशका संयोजक शिव पुनले दाङमै छायांकन गरिएको हुँदा म्युजिक भिडियो निकै आर्कषक रहेको र युवापुस्ताको ढुकढुकी बन्ने बताए । कार्यक्रमको सहजीकरण केबि वलीले गरेका थिए ।
