ब्राह्मण- क्षेत्री समाजद्वारा निलसागर सेवा आश्रमलाई खाद्यान्न सहयोग
भालुवाङ १० साउन । दाङमा ब्राह्मण- क्षेत्री समाजले सडक आश्रित मानवहरूका लागि खाद्यान्न सहयोग गरेको छ ।
दाङको राप्ती गाउँपालिका वडा नम्बर ८ रहेको ब्राह्मण क्षेत्री समाजले २०८२ साल श्रावण महिना देखि २०८२ साल पुस महिना सम्मको नियमित मासिक मुट्ठीदान(खाद्यान्न) सहयोग स्वरूप सोही वडामा रहेको निलसागर सेवा आश्रममा खाद्यान्न सहयोग गरेको हो ।
समाजले आश्रमलाई २ सय ४० केजी चामल, १२ किलो नुन,
१२ पोका खाने तेल, ३ किलो सोयाविन र हरियो तरकारी सहयोग गरेको समाजका अर्जुन अधिकारीले जानकारी दिए ।
खाद्यान्न सहयोग कार्यक्रममा अर्जुन अधिकारी, प्रकाश आचार्य, तिलक आचार्य, प्रकाश पाैडेल, राम बहादुर बिष्ट,कृष्ण लाल गिरि, डिल खत्री, जगत थापा, कमला न्यौपाने, तेज विष्ट, जुगलाल माझी र बोमा बिष्टको उपस्थिति रहेको थियोे ।
प्रतिक्रिया दिनुहोस्

