श्रम र उत्पादनसँग वाइसीएल अभियान : राप्तीमा १५० भन्दा बढी विरुवा रोपियो
भालुवाङ १० साउन । नेकपा (माओवादी केन्द्र)को भातृ संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपाल राप्तीद्वारा शनिबार वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ।
“श्रम तथा उत्पादनमा वाइसीएल अभियान” अन्तर्गत राप्ती गाउँपालिका–१ भालुवाङ स्थित दुर्गा मन्दिर परिसरमा अनार, धुपी सल्ला, निम, कपूर, पारिजातसहित विभिन्न प्रजातिका १ सय ५० भन्दा बढी विरुवा रोपिएको वाइसीएल राप्तीका अध्यक्ष बसन्त हमालले जानकारी दिएका छन् ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) राप्ती गाउँपालिका अध्यक्ष रणबहादुर पुजाली ‘राजेन्द्र’, वाइसीएल नेपालका केन्द्रीय सदस्य अनिल शेर्पाइली, हिमा पुरी, प्रदेश कमिटी सदस्य युवराज थापा मगर, जिल्ला कमिटी सदस्य मनोज दर्लामी मगर, बंगलाचुली गाउँकमिटी अध्यक्ष कुलबहादुर वली, गढवा गाउँकमिटी अध्यक्ष छुकु बोटे, राम जहदी सामुदायिक वनका अध्यक्ष डिल्लीराज सुवेदी, तुलसा विक, प्रेम केसी, छपेन्द्र बुढाथोकी, विष्णु चौधरीलगायत वाइसीएलका अन्य सदस्यहरूको उपस्थित थियो।
वाइसीएलले आगामी दिनहरूमा पनि श्रम र उत्पादनसँग सम्बन्धित सामाजिक गतिविधिहरूलाई निरन्तरता दिने जनाएको छ।

