सिसहनियाँको कर शिविर सकियो : ३ सय ११ वटा व्यवसायी नविकरण, १९ लाख बढी राजश्व संकलन
देउखुरी ६ साउन । दाङ–देउखुरीको सिसहनियाँ उद्योग बाणिज्य संघले शुरू गरेको कर शिविर सकिएको छ । संघमा दर्ता भएका उद्योगी तथा व्यापारीहरुलाई कर तिर्न सहज होस् भन्दै संघले आफ्नै कार्यालयमा सञ्चालन गरेको कर शिविर आज मंगलबार सकिएको होे ।
आर्थिक बर्ष २०८१/०८२ को कर बुझाउन, संघको सदस्यता नबिकरण गर्ने र नयाँ व्यवसाय दर्ता गर्ने सम्मको काम एकै थलोमा गर्ने गरी कर शिविर सञ्चालन गरिएको थियो । कर शिविरमा आन्तरिक राजश्व कार्यालय तुलसीपुर र राप्ती गाउँपालिकाको व्यवसाय नबिकरण गर्ने गरी तीन दिन सम्म कर शिबिर चलाइएको थियो ।
शिविरमा संघको सदस्यता नबिकरण, नयाँ व्यवसाय दर्ता गर्ने, आन्तरिक राजश्व कार्यालयको कर नबिकरण गर्ने बताईएको छ । त्यस्तै शिविरमा राप्ती गाउँपालिकामा दर्ता भएका व्यवसाय नबिकरण गर्ने र नयाँ व्यवसाय दर्ता गर्ने सम्मको काम शिविरमा भइरहेको संघका बरिष्ठ उपाध्यक्ष मदन पोख्रेलले जानकारी दिए ।
तीन दिन सम्म चलेको कर शिबिरमा उद्योग बाणिज्य संघ तर्फ ३ सय ११ वटा व्यवसाय नबिरकण र वटा नयाँ व्यवसाय दर्ता भएको संघका बरिष्ठ उपाध्यक्ष मदन पोख्रेलले जानकारी दिए । जसबाट संघलाई कुल २ लाख ४५ हजार प्राप्त भएको छ । त्यस्तै आन्तरिक राजश्व कार्यालय तर्फ आय कर र अन्तःशुल्क (मदिरा र सुर्तीजन्य) समेत गरी २ सय ७० व्यवसायहरुले राजश्व बुझाएका छन् । जसबाट १० लाख ६६ हजार २ सय ३५ रुपैयाँ राजश्व संकलन भएको संघका बरिष्ठ उपाध्यक्ष पोख्रेलले जानकारी दिए ।
त्यस्तै तीन दिन सम्म चलेको कर शिबिरमा राप्ती गाउँपालिका तर्फ २ सय ८८ वटा नबिकरण र ११ वटा नयाँ व्यवसाय दर्ता र २ वटा व्यवसाय बन्द गरिएको राप्ती गाउँपालिकाका सहायक पशुविकास अधिकृत तथा पालिकाको तर्फबाट शिबिर प्रमुख शेरबहादुर हमाल रिजालले जानकारी दिए । जसबाट राप्ती गाउँपालिकालाई ६ लाख ८७ हजार २ सय ५० रुपैयाँ राजश्व सकंलन भएको शिबिर प्रमुख हमालले बताए । यसरी तीन वटा कार्यालयलाई गरी कुल १९ लाख ९८ हजार ४ सय ८५ रुपैयाँ राजश्व संकलन भएकाे छ ।
साउन ४ गते देखि शुरु भएको कर शिबिर साउन ६ गते सम्म सञ्चालन भएको थियो । कर शिविरमा राप्ती गाउँपालिकाका सहायक पशुविकास अधिकृत तथा पालिकाको तर्फबाट शिबिर प्रमुख शेरबहादुर हमाल रिजाल, अ.स.ई. सबइन्जिनियर बिमला भट्टराई, सहायक कप्युटर अपरेटर सुनिता बस्नेत र कार्यालय सहयोगी झबिलाल सुवेदी रहेका थिए ।
त्यस्तै शिबिरमा संघका अध्यक्ष ईश्वरीप्रसाद अधिकारी सहित बरिष्ठ उपाध्यक्ष मदन पोख्रेल, कोषध्यक्ष गिरबहादुर ज्ञवाली, सदस्यहरु जीवन अधिकारी, ज्योतिकुमार चौधरी, बसन्ता जिसी, रामबहादुर चौधरी, नारायण चौधरी र कार्यालय सचिव पुष्कर पोख्रेल लगायतको उपस्थिती रहेको थियो । आज अन्तिम दिनको कर शिविरमा संघका साधारण सदस्य चुमबहादुर बुढामगरले बिशेष सहयोग पुर्याएका थिए ।

