दारी ग्याङ प्युठानद्वारा ५० जना विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
दाङ ६ साउन । दारी ग्याङ प्युठानले मल्लरानी गाउँपालिका–३ स्थित सरस्वती आधारभूत विद्यालयका ५० जना विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ।
मंगलबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई झोला, कापी, कलम, पेन्सिल र मास्क , वितरण गरिएको दारी ग्याङ प्युठान अध्यक्ष जीवन खनालले जानकारी दिए। कार्यक्रमका प्रमुख अतिथि दारी ग्याङ लुम्बिनी प्रदेश संयोजक असल सुवेदीले बालबालिका भविष्यका कर्णधार भएको उल्लेख गर्दै विपन्न वर्गलाई सहयोग गर्नु सबैको जिम्मेवारी भएको बताए। कार्यक्रममा आशाका किरण संस्थाका संस्थापक अध्यक्ष सुर्यकिरण केसी, वरिष्ठ उपाध्यक्ष दिबस आचार्य, उपाध्यक्ष श्रीधर जिसी, लुम्बिनी सह–संयोजक टार्जन भण्डारी सहित दाङ र प्युठानका सदस्यहरूको उपस्थिति थियो। विद्यालय परिवारले सहयोगप्रति आभार व्यक्त गरेको छ ।

