राप्ती चेम्बर अफ कमर्सद्वारा घरदैलो कार्यक्रम सुरू : धमाधम नयाँ सदस्यता विस्तार गर्दै 



राप्ती चेम्बर अफ कमर्सद्वारा घरदैलो कार्यक्रम सुरू : धमाधम नयाँ सदस्यता विस्तार गर्दै 

भालुवाङ ४ साउन । दाङको राप्ती गाउँपालिकामा रहेको राप्ती चेम्बर अफ कमर्सले घरदैलो कार्यक्रम सुरू गरेको छ । नयाँ आर्थिक वर्ष २०८२/०८३ सुरू भए सँगै चेम्बरले नयाँ सदस्यता विस्तार, नवीकरण र आजीवन सदस्यता समेत वितरण सुरू गरेको छ ।

साउन २ गते देखि सुरू गरेको अभियानमा राप्ती गाउँपालिका- ४ श्रीनारायण चोक मौरीघाट र पेट्रोलपम्प मौरीघाटबाट मात्रै १५ जना आजीवन सदस्य सहित ८५ जनाको नवीकरण तथा आबद्ध गराइएको चेम्बरका अध्यक्ष बसन्त बहादुर कुवर क्षेत्रीले जानकारी दिएका छन् । चेम्बर अफ कमर्सले गरेका क्रियाकलाप प्रति उद्योगी व्यापारीहरू प्रभावित भई चेम्बरमा आवद्ध हुन थालेका छन् । राप्ती चेम्बरले आफ्ना सबै उद्योगी व्यवसायिक सदस्यहरुका आर्थिक वर्ष २०८१/०८२ को आयकर दर्ता र कर चुक्ता व्यवसायिक स्थलबाटै सुविधा उपलब्ध गराउने र व्यवसायिक हकहितको लागि सबै कामको पहल गर्ने चेम्बरका सचिव गोबिन्दबहादुर केसीले बताएका छन्।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेश सदस्य शंकर गौतम, राप्ती  चेम्बर अफ कमर्सका अध्यक्ष बसन्त बहादुर कुवर क्षेत्री, संस्थापक अध्यक्ष कुमार अधिकारी, निर्वतमान अध्यक्ष नेमलाल शर्मा, कोषाअध्यक्ष अर्जुन कुमार क्षेत्री, सचिव गोविन्द बहादुर केसी, सदस्य बालकृष्ण पोख्रेल, मौरीघाट बजार व्यवस्थापन समितिका अध्यक्ष बेगमबहादुर बस्नेत लगायत स्थानीय उद्योगी व्यापारीहरुको सहभागी थियो।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे