राप्ती–३ बाघढड्डीमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार चौधरी गम्भीर घाइते



राप्ती–३ बाघढड्डीमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार चौधरी गम्भीर घाइते

भालुवाङ ४ साउन । दाङको देउखुरीमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार एक जना युवक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा राप्ती गाउँपालिका–३ निवासी २२ वर्षिय सुबास चौधरी रहेका छन् । आइतवार राती सवा ८ बजेको समयमा

लमही–भालुवाङ सडक खण्ड अन्तरगत राप्ती गाउँपालिका–३ बाघढड्डीमा पुर्बबाट पश्चिम तर्फ जाँदै गरेको रा १ क १२४० नम्बरको टिप्परले विपरित दिशाबाट आउँदै गरेको रा ३ प ७१८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडी बसेका चौधरी घाईते भएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।

घाइते चौधरीलाई भालुवाङ अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको प्रहरीले बताएको छ । घाइते चौधरीको टाउकोमा गहिरो चोट लागेको र बोल्न नसक्ने अवस्था रहेको प्रहरीले बताएको छ । ठक्कर दिने टिप्पर र चालकलाई प्रहरी आफ्नो नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे